समाचार
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न माण्डवी गाउँपालिका ले आफ्ना गाउँपालिका भित्रका बिभिन्न स्थानमा औषधि छर्कन सुरु गरेको छ । बजार क्षेत्र र बढी भिडभाड हुने क्षेत्रमा औषधि छर्कन सुरु गरेको हो । जस्पुर बजार , चोक, बैंक , क्वारेन्टाइन क्षेत्र लगायत अन्य भिडभाड हुने स्थान वरिपरि औषधि स्प्रे गरेको छ । अहिलेको मौसममा बिभिन्न खाले भाइरल ज्वरो लाग्ने लगायत कोरोना को संक्रमण फैलन सक्ने भएकाले औषधि छर्ने काम सुरु गरिएको हो । कोरोना संक्रमण फैलन नदिन आवश्यकता अनुसार बजार तथा भिडभाड हुने सबै ठाउँमा औषधि छर्कने काम सुरु भइरहेको छ ।
कोरोना संक्रमण विरुद्ध सबै एकजूट होऊ, लक डाउन को पूर्ण पालना गरौं , आफू पनि बचौ अरूलाई पनि बचाउ ।