समाचार
माण्डवी गाउँपालिका गाउँसभाको १५ औं अधिवेशनको दोश्रो बैठक
माण्डवी गाउँपालिका जस्पुर प्यूठानको गाउँसभाको १५ औं अधिवेशनको दोश्रो बैठक आज गाउँपालिकाको सभाहल जस्पुर प्यूठानमा सम्पन्न भएको छ । सभामा गाउँपालिकाको शिक्षा नीतिको संशोधन प्रस्ताव, स्वास्थ्य नीति र विद्यालयमा कक्षा थप सम्बन्धि प्रस्तावहरु माथी छलफल भई पारित भएको छ । सभामा शिक्षा नीति र कक्षा थप सम्बन्धि प्रस्ताव सामाजिक विकास समिति संयोजक प्रकाश वली र स्वास्थ्य नीति सम्बन्धि प्रस्ताव प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले सभामा प्रस्तुत गर्नु भएको थियो । गाउँसभाको १५ औं अधिवेशनको तेस्रो बैठक फागुन १५ गते वस्नेछ ।
यस संगै सभामा गाउँपालिकाको पहिचान सहितको स्थानीय विषयक पाठयक्रमको विमोचन भएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारीले 'हाम्रो माण्डवी हाम्रो गौरव' नामक (१-४) सम्मको पाठयक्रमको विमोचन गर्नु भएको हो । माण्डवी गाउँपालिका गाउँ शभाको १५ औ अधिबेशनको दोस्रो बैठकको अबसरमा पुस्तक बिमोचन गरिएको थियो ।