समाचार
दादुरा रुवेला खोप अभियान
माण्डवी गाउँपालिका प्युठानले आज दादुरा रुवेला खोप अभियान २०८०/८१ गाउँपालिका स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण गोष्ठी सम्पन गरेको छ । गोष्ठीमा गाउँपालिका अध्यक्ष नमराज अधिकारी 'रोसन'ले मानव स्वास्थ्यमा खोप महत्त्वपूर्ण भएको हुदा सबैले यस अभियानलाई सफल पार्न लाग्नु पर्ने बताउनु भयो । गाउँपालिकाको सभाहल जस्पुरमा भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख ध्रुब पोख्रेलले गर्नु भएको थियो। प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे,जनप्रतिनिधिहरु,स्वास्थ्यकर्मीहरु,पत्रकार,समाजसेवी लगायत सरोकारबालाहरुको उपस्थिति रहेको थियो । माण्डवी गाउँपालिका भित्र १४फागुन देखि १८ सम्म खोप अभियान संचालन गरिने छ भने कार्यक्रमको संचालन स्वास्थ्यकर्मी नारायण जिसिले गर्नु भएको थियो ।