FAQs Complain Problems

समाचार

माण्डवी गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न

माण्डवी गाउँपालिकाको केन्द्र जस्पुर हुने

जस्पुर, १२ जेठ ।

। आज सम्पन्न भएको माण्डवी गाउँपालिकाको विशेष गाउँसभाले केन्द्र जस्पुर राख्ने निर्णय गरेको हो ।

हाल देविस्थानबाट संचालन हुँदै आएको प्रशासनिक कार्य अब जस्पुरबाट संचालन हुने गाउँपालिका अध्यक्ष श्रीधर रोकाले बताउनुभयो । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४ को उपदफा १ बमोजिम प्रदेश सरकारको परामर्श लिई नेपाल सरकार समक्ष गाउँपालिकाको केन्द्र जस्पुर हुने निर्णय गरिएको उहाँले बताउनुभयो ।

सेवा प्रवाह, जनसंख्या, भुगोल जस्ता आधारहरुमा सवैको पायक पर्ने गरी जस्पुर राख्ने निर्णय गरिएको अध्यक्ष रोकाले बताउनुभयो ।

२९ जना गाउँ सभा सदस्यहरु मध्ये २८ जनाले जस्पुर केन्द्र राख्ने निर्णयलाई समर्थन गरेका छन् । वडा नं. ५ का वडा सदस्य इश्वर बहादुर थापाले उक्त प्रस्तावमा असमर्थन रहेको जनाएका छन् ।

जस्पुरमा माण्डवी गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि स्थानीयले १९ रोपनी जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए । लामो समयदेखि जनप्रतिनिधिहरु फरक मत हुँदा गाउँपालिकाले केन्द्र तोक्न सकेको थिएन ।

अन्य भौतिक योजना देविस्थानमै

सन्तुलित विकास योजनाको अवधारणालाई आत्मसाथ गर्दै अन्य भौतिक संचरनाहरु देविस्थानमा निर्माण गर्ने समेत आजको विशेष गाउँसभाले निर्णय गरेको माण्डवी गाउँपालिकाले जनाएको छ ।

१५ शैयाको अस्पताल, चिस्यान केन्द्र, बहुउद्देश्यीय हल र अन्य कृषि तथा पशु विकास अन्तरगतका कार्यालय देविस्थानमा निमार्ण गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रोकाले जानकारी दिनुभयो ।

यसैवीच खानेपानीको चरम अभाव भएका तीन वटा बस्तीमा विशेष गाउँ सभाले आवश्यक बजेट विनियोजन गरेको छ । माण्डवी गाउँपालिका वडा नं. २ गोलवांग, पुकरुक र माण्डवी ३ आँपचौरमा ५० हजारका दरले बजेट विनियोजन भएको गाउँपाकिाल प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले जानकारी दिनुभयो ।

आर्थिक वर्ष: