समाचार
आ.व २०७७/०७८ को तेश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम
माण्डवी गाउँपालिकाले आ.व. २०७७/०७८ को तेश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा सम्पादन गरेका कामको प्रभावकारिता तथा नागरिक सन्तुष्टि तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो । गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पारदर्शिता सुनिश्चित गर्नका लागि गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्दै आइरहेको छ ।
माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोका ज्यूको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिका भित्र रहेका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, पत्रकार, कर्मचारी, बुद्दिजिबि, ब्यापारी, होटल व्यवसायी लगाएत गाउँबासीहरुको उपस्थिति रहेको थियो ।
माण्डवी गाउँपालिकाको आयोजना तथा झुलेनी युनाइटेड नेटवर्कको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजाल ज्यूले आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो भने सहभागीहरुले गाउँपालिकाको समसामयिक गतिविधि, विकास निर्माण, बजार व्यवस्थापन, सेवा प्रबाह लगायत अन्य विषय बस्तुहरुमा जिज्ञासा, प्रश्न तथा सुझाव दिएका थिए ।