FAQs Complain Problems

ग्यालरी

युरोपेली संघ (European Union) को आर्थिक सहयोग तथा पिपुल इन नीड (People in Need), सामुदायिक आत्मनिर्भर केन्द्र, सेभ द चिल्ड्रेन, र स्कट विल्सन नेपालको संयुक्त कार्यान्वयनमा माण्डवी गाउँपालिकामा संचालित 'प्रतिबद्ध' परियोजनाले गाउँपालिकाको स्थानीय विपद् पूर्वतयारी तथा विपदको समयमा आत्मनिर्भर र सक्षम बनाउन आज एक कार्यक्रमका बिच रु. २३ लाख ४४ हजारभन्दा बढी मूल्यका गैर-खाद्य राहत सामग्री हस्तान्तरण गरिएको छ। साथै, परियोजनाले आगामी दिनमा रु. १ लाख ४० हजार बराबरका वेयरहाउस प्यालेट पनि हस्तान्तरण गर्ने योजना रहेको छ ।
हस्तान्तरण गरिएका सामग्रीहरू:
✅ २६ वटा पारिवारिक टेन्ट

मिति: 06/29/2026 - 20:05
, , , ,

माण्डवी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारीले गाउँ सभाको २० औं अधिवेशनमा प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम सर्वसम्मतीले पारित भएको हो ।
नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, रोजगार सिर्जना, पूर्वाधार विकास, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार तथा खेलकुद क्षेत्र, शुशासन तथा संस्थागत विकासलाई समेटिएको छ।

मिति: 06/25/2026 - 11:13
, , ,

माण्डवी गाउँपालिकाकाे समन्वय र सहकार्य तथा युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित प्रतिबद्ध तेस्राे परियाेजनाकाे सहजिकरणमा अध्यक्ष श्री नमराज अधिकारीकाे अध्यक्षता उन्नत ग्रामीण सडक निर्माण मस्यौदा निर्देशिका र पहिरो वर्गीकरण तथा जोखिम न्यूनीकरण सहयोगि पुस्तिका सम्वन्धी १ दिने कार्यशाला सम्पन्न भएको छ ।

मिति: 02/13/2025 - 15:32
, , , , , , , , ,

माण्डवी गाउँपालिकाको १७ औं गाउँ सभा तथा हिउदे अधिवेशन सम्पन्न भएको छ। सोमबार माण्डवी गाउँपालिकाको सभाहलमा चालू आर्थिक बर्ष २०८१/०८२ को हाल सम्मको प्रगति विवरण, योजनाको रकमान्तर सहितको संशोधन सम्बन्धि निर्णय , गाउँकार्यपालिकाले हालसम्म गरेका सम्पुर्ण निर्णयहरु, आर्थिक वर्षको हालसम्मको सम्पूर्ण खर्च, आर्थिक वर्ष २०८१/०८२ मा गाउँकार्यपालिका बैठकले पारित गरेका नियमावली, कार्यविधि, निर्देशिका, मापदण्डहरु, गाउँपालिकाले करार सेवामा लिएका कर्मचारीहरुको नियुक्ति, आ.व.

मिति: 02/11/2025 - 14:45
, , , ,

Pages

//