माण्डवी गाउँपालिका प्युठानको आयोजनामा आइतबारदेखि देखि सेवा प्रबाह सम्बन्धि एकिकृत घुम्ती शिविर शुरु भएको छ । शिविरको दोस्रो दिन माण्डवी गाउँपालिका -२ मर्काबाङको गणेश आ.वि ढिकावङमा सन्चालन भएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसनले ब्यानर पढेर शिविरको उदघाटन गर्नु भएको थियो,उदघाटन मन्तव्य राख्दै प्रमुख अतिथि अधिकारीले स्थानीय सरकारले जनताको सेवाका लागि पालिका भित्र हरेक बस्तीमा गयर सेबा दिने भन्दै, सरकारको ध्यान सेवामा पहुच नपुगे का क्षेत्र र जनताको पक्षमा रहेको बताउनु भयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकिले यो शिविर संचालनले जनताको लागि भयको र धेरैजनाले शि
समाचार
ग्यालरी
माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सेवा प्रबाह सम्बन्धि एकिकृत घुम्ती शिविर आज देखि वडा नं.-१ तिरामबाट अौपचारिक सुरु गरिएको छ।
शिविर पालिका भित्रका प्रत्येक वडामा क्रमश सोमबार,मङगलवार,बुधबार र बिहिवार सम्म सञ्चालन गर्ने योजना तय गरिएको छ । तिराम स्वास्थ केन्द्रमा सुरु भएको शिविरको गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसनले ब्यानर पढेर उदघाटन गर्नु भएको थियो । उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि अधिकारीले आफुहरु जनतालाइ सहज र प्रभाबकारी सेबा दिन लागि परेको भन्दै जनताको साथमा सधै स्थानीय सरकार रहेको बताउनु भयो।
माण्डवी गाउँपालिका र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा मिति २०७९ चैत्र ८ गते देखि १० गते सम्म संचालित "स्थानीय तहको सेवा प्रवाहमा जनप्रतिनिधि र कर्मचारीहरुको भूमिका विषयक’ प्रशिक्षण कार्यक्रम गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीको अध्यक्षता र गाउँपालिका अध्यक्ष नमराज अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न भएको छ । उक्त प्रशिक्षण कार्यक्रमको आज अन्तिम दिन प्रतिष्ठानका व्यवस्थापन अधिकृत उदयनाथ खनालले पत्र व्यवहार तथा टिप्पणी लेखन विषयमा र प्रतिष्ठानका बरिष्ठ कम्प्युटर अधिकृत अमित श्रेष्ठले ज्ञान व्यवस्थापन विषयमा प्रशिक्षण दिनुभएको थियो भने करदाता सेवा कार्यालयका कर अधि
माण्डवी गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको
क्षमता विकासका लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, ललितपुर र माण्डवी गाउँपालिका, प्यूठानको संयुक्त आयोजनामा ‘स्थानीय तहको सेवा प्रवाहमा जनप्रतिनिधि र कर्मचारीहरुको भूमिका विषयक’ प्रशिक्षण कार्यक्रम संचालन भएको छ ।
माण्डवी गाउँपालिका, प्यूठानको आयोजना र लुम्बिनी प्रदेश सरकार कृषि तथा भुमी व्यवस्था मन्त्रालयको प्राविधिक सहयोगमा माण्डवी गाउँपालिको आ.व २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम किसान सूचीकरण कार्यक्रम संचालनार्थ जनप्रतिनिधि, कर्मचारी, सहजकर्ता तथा अन्य सरोकारवालाहरु बीच १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालीका अध्यक्ष नमराज अधिकारी ज्यू को अध्यक्षतामा संचालन भएको कार्यक्रममा उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी , प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे , वडा अध्यक्षहरु, कर्मचारी, सहजकर्ता र सरोकारवालाको सहभागिता रहेको थियो ।
विश्व उपभोक्त अधिकार दिबस २०७९ कार्यक्रम माण्डवी गाउँपालिका जस्पुर प्यूठानमा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको छ ।
आज मिति २०७९ फाल्गुण १३ गते माण्डवी गाउँपालिका, प्यूठानको आयोजना र कोभिड -१९ बाट प्रभावित संकटासन्न व्यक्तिहरूको आर्थिक उत्थानशील प्रवर्द्धन (PERCAV) परियोजना को सहकार्यमा माण्डवी गाउँपालिकाको विपद् व्यवस्थापन तथा आर्थिक पुनार्लाभ योजना तयार कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख, स्थानीय संघसंस्थाको प्रतिनिधि, स्थानीय गैरसरकारी संस्थाको प्रतिनिधि, प्रहरी, पत्रकार, स्रोतव्यक्ति लगायत अन्य सरोकारवालाहरुको उपस्थित रहेको थियो ।
माण्डवी गाउँपालिकाको आयोजनामा शनिबार देखि सुरु भएको बालविवाह न्यूनीकरण सम्बन्धि सडक नाटक आज कामाक्षी मा.वि उदयपुरकोट,ऐश्वर्य प्रा.वि डाडाकटेरी ,माण्डवी मा .वि नयागाउ र चकचके वजारमा प्रस्तुत गरिएको छ । राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी बा),कलाकारहरू सुरेस असिम,दिपिका थापा,रोहनी लामाले प्रस्तुती गर्नु भएको नाटकको सहजीकरण कार्यक्रम निर्देशन विष्णु गैरेले गर्नु भएको थियो । नाटक प्रस्तुति कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारीले गाउँपालिकालाई बालविवाह मुक्त अभियानमा लाग्न सबैलाई अनुरोध गर्दै यो अभियानलाई सहयोग गर्न सबैलाई अनुरोध गर्नु भएको थियो । नाटक सोमबार बागेश्वरी मा.वि तिघरा र ने.र
माण्डवी गाउँपालिकाको आयोजनामा भाइब्रेन्ट मिडिया प्रा.लि.को प्रस्तुती रहेको बालविवाह न्यूनीकरणसम्बन्धी जनचेतनामुलक सडक नाटक २०७९ आज माघ २१ गते माण्डवी गाउँपालिका अन्तर्गत रहेको श्री अरुणा भवानिश्वरी प्रा.वि. माण्डवी -०१ कुमलटार, श्री गणेश मा.वि. माण्डवी -१ तिराम, श्री सुन्नानी आधार मा.वि माण्डवी -२, रातापानी र श्री गणेश आ.वि. माण्डवी -२, ढिकावनमा राष्ट्रिय कलाकार सुरबीर पण्डित (दारी बा) लगायतको टिमबाट प्रदर्शन गरिएको छ ।