FAQs Complain Problems

समाचार

ग्यालरी

माण्डवी गाउँपालिका अध्यक्ष श्री नमराज अधिकारी ज्यूले संविधान सभा सदस्य  श्री खिमलाल देवकोटा, श्री हितमान शाक्य र श्री नारायण प्रसाद अधिकारी ज्यूसँग भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ  ।

मिति: 09/27/2023 - 13:08

माण्डवी गाउँपालिकाको आयोजनामा संविधान दिवस २०८० को अवसरमा गाउँपालिकाको कार्यालय परिसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 09/19/2023 - 21:23
, , , ,

माण्डवी गाउँपालिका, प्यूठानको आयोजनामा स्थानीय तहका उपप्रमुख/उपाध्यक्षहरु संयोजक रहेको प्यूठान जिल्ला अन्त्तरपालिका स्तरीय न्यायिक समितिको चौथो बैठक भदौ १९ गते सम्पन्न भएको छ । हरेक महिनामा न्यायिक समितिका संयोजकहरुले आ–आफ्नो पालिकामा आएको उजुरी तथा न्याय सम्पादनको विषयमा भोगेका भोगाईहरु एक अर्कामा जानकारी गराउने तथा सिकाई आदान प्रदान गर्ने उद्देश्यले बैठकको आयोजना गर्ने गरिएको हो ।

मिति: 09/05/2023 - 20:36
, , , , , , , ,

माण्डवी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा राष्ट्रिय क्षयरोग कार्यक्रमको पालिका स्तरीय अर्धवार्षिक/ वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ ।   मिति २०८०/०५/११ गते संचालन भएको गोष्ठीमा सहभागी गाउँपालिका अन्तर्गतका ५ वटै  वडामा रहेका स्वास्थ्य चौकी प्रमुखहरुले गत आ.व मा आ–आफ्नो वडामा भएका कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

मिति: 08/28/2023 - 21:20
,

माण्डवी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारी ज्यूको अध्यक्षतामा मिति २०८०/०५/१० गते संचालन भएको गोष्ठीमा सहभागी गाउँपालिका अन्तर्गतका ५ वटै  वडामा रहेका स्वास्थ्य चौकी प्रमुखहरुले गत आ.व मा आ–आफ्नो वडामा भए गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

मिति: 08/28/2023 - 21:18
, , , , ,

माण्डवीमा नेपाल टेलिकमको FTTH सेवा सुभारम्भ
भाद्र-३,२०८०
प्युठान।

मिति: 08/20/2023 - 15:20
, , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

माण्डवी गाउँपालिकाको आयोजनामा आज मिति २०८०/०५/०१ गते यस माण्डवी  गाउँपालिकाको आ.व. २०७९/८० को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ  । गाउँपालिका अध्यक्ष नमराज अधिकारी ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री पूर्ण प्रसाद कलाथोकी ज्यू, सम्पूर्ण कार्यपालिका सदस्य ज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत ज्यू, शाखा प्रमुख ज्यूहरुको उपस्थितिमा आ-आफ्नो शाखा प्रमुखहरुले आ.व २०७९/८० मा सम्पादित कार्यहरुको प्रगति प्रस्ततिकरण गर्नु भएको थियो ।

मिति: 08/18/2023 - 22:31
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

माण्डवी गाउँपालिकाको आयोजनामा आइतबार गाउँपालिका सभाहल देवीस्थानमा डेंगु तथा स्क्रब टाइफस रोग नियन्त्रण तथा रोकथामका लागि सरोकारवालाहरु बीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 08/06/2023 - 16:42
, , , , , , ,

माण्डवी गाउँपालिका प्यूठानमा संचालित साझेदार संस्था फूलबारी एकीकृत ग्रामीण विकास संस्था FIRDO NEPAL PERCAV परियोजनाद्वारा माण्डवी गाउँपालिकालाई विपद् प्रतिकार्य सामग्री प्रदान गरेको छ ।

मिति: 06/29/2023 - 11:23
,

Pages

//