माण्डवी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारी ज्यूको अध्यक्षतामा मिति २०८०/०५/१० गते संचालन भएको गोष्ठीमा सहभागी गाउँपालिका अन्तर्गतका ५ वटै वडामा रहेका स्वास्थ्य चौकी प्रमुखहरुले गत आ.व मा आ–आफ्नो वडामा भए गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
समाचार
ग्यालरी
माण्डवीमा नेपाल टेलिकमको FTTH सेवा सुभारम्भ
भाद्र-३,२०८०
प्युठान।
माण्डवी गाउँपालिकाको आयोजनामा आज मिति २०८०/०५/०१ गते यस माण्डवी गाउँपालिकाको आ.व. २०७९/८० को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारी ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री पूर्ण प्रसाद कलाथोकी ज्यू, सम्पूर्ण कार्यपालिका सदस्य ज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत ज्यू, शाखा प्रमुख ज्यूहरुको उपस्थितिमा आ-आफ्नो शाखा प्रमुखहरुले आ.व २०७९/८० मा सम्पादित कार्यहरुको प्रगति प्रस्ततिकरण गर्नु भएको थियो ।
माण्डवी गाउँपालिकाको आयोजनामा आइतबार गाउँपालिका सभाहल देवीस्थानमा डेंगु तथा स्क्रब टाइफस रोग नियन्त्रण तथा रोकथामका लागि सरोकारवालाहरु बीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
माण्डवी गाउँपालिका प्यूठानमा संचालित साझेदार संस्था फूलबारी एकीकृत ग्रामीण विकास संस्था FIRDO NEPAL PERCAV परियोजनाद्वारा माण्डवी गाउँपालिकालाई विपद् प्रतिकार्य सामग्री प्रदान गरेको छ ।
माण्डवी गाउँपालिका जस्पुर प्यूठानको आयोजनामा १० दिने दलितहरुको सीप बिकास र परम्परागत पेशा,व्यवसाय संरक्षण उद्यमशीलता प्रबर्धन कार्यक्रम सम्पन्न भएको छ । दलित समुदायको पुर्खौली पेशा आरन लोप हुन नदिन संरक्षण गर्न र परम्परागत व्यवसायलाई आधुनिकता दिन र नयाँ प्रविधिको प्रयोग गरी फलाम, तामाका भाँडा निर्माण गर्न सहज पुर्याउने उदेश्यले तालिमको आयोजना गरिएको थियो । असार ४ देखि सुरु भएको तालीमको प्रशिक्षक भिम वहादुर वि.क रहनु भएको थियोे । तालिममा सहभागीहरूलाई फलामबाट बन्ने विभिन्न सामग्रीहरुको आधुनिक नयाँ प्रविधि मार्फत निर्माण गर्ने तरिकाबारे प्रशिक्षण गराईएको थियो । सहभागीहरुले हसिया, दाबु,
माण्डवी गाउँपालिका प्यूठानको आयोजनामा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ताहरुका लागि मन्टेश्वरी तालिम आज सम्पन्न भएको छ ।
विद्यार्थीको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले जेष्ठ २० गते देखि ७ दिनसम्म सञ्चालन भएको उक्त तालिममा माण्डवी गाउँपालिका अन्तर्गतका बालविकास केन्द्रमा कार्यरत शिक्षिकाहरु सहभागीको रुपमा रहनु भएको थियो । तालिममा प्रशिक्षक अनिता पाण्डेले प्रशिक्षण गराउनु भएको थियो
माण्डवी गाउँपालिका प्यूठानको आयोजना बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत गाउँपालिका स्तरीय सामुदायिक तथा संस्थागत विद्यालयका फोकल शिक्षकहरुका लागि स्वास्थ्य पोषण र सरसफाई सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
माण्डवी गाउँपालिका प्यूठानको आयोजना तथा फूलबारी एकीकृत ग्रामीण विकास संस्था (FIRDO) नेपाल, प्यूठान अन्तर्गत संचालित कोभिड -१९ बाट प्रभावित संकाटासन्न व्यक्तिहरूको आर्थिक उत्थानशीलता प्रवर्द्धन परियोजनाको सहकार्यमा माण्डवी गाउँपालिका विपद् प्रतिकार्य, पूर्वतयारी तथा आर्थिक पुनरलाभ मस्यौदा छलफल कार्यशाला गोष्ठी सम्पन्न भएको छ । विपद् पूर्व तयारी सम्बन्धी क्रियाकलापहरुलाई संगठित, व्यवस्थित बनाई प्रभावकारी प्रतिकार्य मार्फत संभावित क्षती, नोक्सानी न्यूनीकरण गर्नुका साथै प्रभावितको खोज तथा उद्धार गरी स्थानीय श्रोत साधनको अधिकतम उपयोगद्वारा प्रभावित समुदायलाई व्यवस्थित, प्रभावकारी र जवाफदेही यु