माण्डवी गाउँपालिका पशु सेवा शाखाका पशु सेवा संयोजक पदमा रही आफ्नो लामो अनुभव, विज्ञता तथा काम प्रतिको लगनशिलता र सेवाग्राही मैत्री कार्य संस्कृतिका कारण यस कार्यालय बाट हुने सार्बजनिक सेवा लाई प्रभावकारी बनाउन अमुल्य योगदान गर्नु भएका श्री केशव गिरी गढवा गाउँपालिका दाङमा समायोजन भइ जानुभएकोमा उहाँको बिदाईका केहि झलक हरु:
समाचार
ग्यालरी
माण्डवी गाउँपालिका भित्र रहेका बचत तथा ऋण कृषि सहकारी संस्थाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ | माण्डवी गाउँपालिकाको आयोजनामा गाउँपालिका क्षेत्र भित्र रहेका सहकारी संस्थाहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो |
उक्त अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाले तयार परेको सहकारी नीति ,संघीय सरकारले ल्याएको सहकारी नीति, ऐन , नियमावली तथा दर्ता प्रक्रिया जस्ता बिषयहरुमा छलफल गरिएको थियो | गाउँपालिकाले आगामी वर्षमा ल्याउने बजेट , नीति तथा कार्यक्रम कस्ट गर्ने जस्ता विषयमा छलफल गरिएको थियो |
माण्डवी गाउँपालिका वडा नं.३ स्थित जस्पुरमा संचालित मिलन कृषि पाठशाला समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ | माण्डवी गाउँपालिकाको रु. १ लाख आर्थिक सहयोगमा सो पाठशाला सन्चालन गरिएको हो |
मुख्यतय उक्त कार्यक्रम महिलाहरुलाई कसरि कृषि उत्पादन र व्यवसायीक रुपमा कसरि गर्न सकिन्छ भनेर प्रयोगात्मक रुपमा संचालन गरिएको हो |
घरेलु तथा साना उद्योग विकास समिति प्यूठानको आयोजना तथा माण्डवी गाउँपालिकाको सह-आयोजनामा "सिप सिकौ आत्मनिर्भर बनौ " भन्ने मूल नाराका साथ ४५ दिने महिला सिपमुलक बुटिक तालिम र ३० दिने मोटर ड्राइभिङ्ग तालिम बुधवार सम्पन्न भएको छ | सिपमुलक तालिम मार्फत व्यवसायिक र आत्मनिर्भर बनाउनको लागि सो तालिमको आयोजना गरिएको हो | सो तालिममा ७ जना पुरुष र १२ जना महिलाहरुको सहभागिता रहेको थियो |
माण्डवी गाउँपालिकाको स्थापना कालदेखि यस कार्यालयमा सहायक महिला विकास निरिक्षक पदमा रही आफ्नो लामो अनुभव, विज्ञता तथा काम प्रतिको लगनशिलता र सेवाग्राही मैत्री कार्य संस्कृतिका कारण यस कार्यालय बाट हुने सार्बजनिक सेवा लाई प्रभावकारी बनाउन अमुल्य योगदान गर्नु भएकी स.म.वि.नि. श्री शान्ता शर्मा लमही नगरपालिकामा समायोजन भइ जानुभएकोमा उहाँको बिदाईका केहि झलक हरु:
बुधवार माण्डवी गाउँपालिकाको वडा नं. ३ अन्तर्गत लामाचौर गाउँमा लामाचौर एक घर एक धारा खानेपानी निर्माण आयोजनाबाट निर्माण गरिएको धाराको उद्घाटन गरिएको छ | गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शिसिर रिजाल ज्यू ले सो धाराको उद्घाटन गर्नुभएको हो |
गाउँपालिकाको १० लाख र जनश्रमदानबाट रु १ लाख २० हजार ७ सय बहत्तर रुपैयाँ ८७ पैसा गरि जम्मा ११ लाख २० हजार ७ सय बहत्तर रुपैयाँ ८७ पैसाको लागतमा यस क्षेत्रमा ८५ घर धुरीमा एक घर एक धारा खानेपानी निर्माण भएको हो | खानेपानीको सहज आपूर्ति भएपछी यस क्षेत्रका ३३७ जना र प्युठान सनराइज एकेडेमीका ३६० छात्राछात्र प्रत्यक्ष लाभान्वित हुने छन |
माण्डवी गाउँपालिका प्यूठानले गाउँपालिकाभित्र एक घर, एक धारा अभियानलाई तीव्र पारेको छ । सोमबार एक कार्यक्रमका माण्डवी गाउँपालिका वडा नं. ३ सल्लिबेशी गाउँमा निर्माण भएका एक घर एक धाराको उद्घाटन गरिएको छ | गाउँपालिका अध्यक्ष श्रीधर रोकाले उक्त धाराको उद्घाटन गर्नुभएको हो |
गाउँपालिकाको ६ लाख ७५ हजार र जनश्रमदानबाट १ लाख ३८ हजार ९ सय २२ गरी जम्मा ८ लाख १३ हजार ९ सय २२ रुपैयाँको लागतमा गाउँका ४८ वडा घरधुरीमा उक्त धारा निर्माण गरिएको हो |
माण्डवी गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ प्यूठानको समन्वयमा आ.व २०७५/०७६ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ |गाउँपालिका अध्यक्ष श्रीधर रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकामा क्रियाशील राजनितिक दलका प्रतिनिधिहरु, वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरु, स्थानीय राजनितिक दलका प्रतिनिधहरु, स्थानीय संघ संस्थाका प्रतिनिधि र जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु लगायत स्थानीय जनसमुदायको सहभागिता रहेको थियो ।उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा माण्डवी गाउँपालिकाद्वारा प्रदान गरिने सेवा प्रवाह र योजना तथा कार्यक्रम संग सम्बन्धित विभिन्न वि