समाचार
मिलन कृषक पाठशालाको समापन कार्यक्रम
माण्डवी गाउँपालिका वडा नं.३ स्थित जस्पुरमा संचालित मिलन कृषि पाठशाला समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ | माण्डवी गाउँपालिकाको रु. १ लाख आर्थिक सहयोगमा सो पाठशाला सन्चालन गरिएको हो |
मुख्यतय उक्त कार्यक्रम महिलाहरुलाई कसरि कृषि उत्पादन र व्यवसायीक रुपमा कसरि गर्न सकिन्छ भनेर प्रयोगात्मक रुपमा संचालन गरिएको हो |
कृषक समूहकी अध्यक्ष श्री सावित्रा हौजालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथि माण्डवी गा.पाका उपाध्यक्ष मुगा पुन रहनुभएको थियो | उहाँले कार्यक्रमा सिकेका कुराहरुलाई व्यवहारिक रुपमा लागु गर्नुपर्ने आग्रह गर्दै तालिमबाट कृषिको व्यवसायिकरण र महिला शसक्तिकरणमा टेवा पुग्ने बिश्वास पनि ब्यक्त गर्नुभएको थियो |
कार्यक्रममा बोल्दै माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कृषिमा परनिर्भरता तर्फ उन्मुख हुनुपर्नेमा जोड दिए | आफुमा भएको क्षमता र कृषि भूमिको अधिकतम उपयोग गर्दै उत्पादनमा केन्द्रित हुन आम कृषकलाई आग्रह समेत गर्नुभयो |
आधुनिक कृषि प्रणालीलाई अबलम्बन गर्दै अगाडी जानुपर्नेमा माण्डवी गाउँपालिकाका स्वास्थ्य संयोजक ध्रुब पोख्रेल बताउनुभयो |
माण्डवी गाउँपालिकाका कृषि संयोजक मेघराज पोख्रेलले संचालन गर्नुभएको कार्यक्रममा ना.प्रा.स किरण गिरीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो |
उक्त पाठशालामा २४ महिला र २ पुरुष गरि जम्मा २६ जना कृषकहरुको सहभागिता रहेको थियो | सहभागीहरुलाई प्रमाण पत्रको साथसाथै उत्कृष्ट कृषक महिलाहरुलाई नगदसाथ सम्मान गरिएको थियो |