समाचार
वडा नं.३
नेपाल सरकारको निर्णय अनुसार मिति २०७३/११/२२ गते साविक गाविसहरु नयाँगाउँ (१-९) समेटेर वडा नं. ३ कायम गरिएको हो । १९.६२ वर्ग कि.मी क्षेत्रफल रहेको वडा नं. ३ मा कुल जनसंख्या ३४६२ रहेको छ । शैक्षिक हिसाबमा यस वडामा १ वटा मा.वि, २ वटा नि.मा.वि र ५ वटा प्रा.वि जसमा २ वटा संस्थागत गरि ८ वटा शिक्षण संस्थाहरु संचालित छन । त्यसै गरि यस वडामा १ वटा स्वास्थ्य चौकी र ३ वटा प्रहरी विट रहेको छ । माण्डवी गाउँपालिकाको केन्द्र पनि यसै वडामा रहेको छ । प्युठान जिल्लाको एक मात्र जलविद्दुत आयोजना झिमरुक जलविद्दुत आयोजना यसै वडाको दारिमचौरमा पर्दछ । प्युठान-रोल्पा सडक खण्डको मुख्य केन्द्र जस्पुर पनि यसै वडामा पर्दछ । वडा नं. ३ खेलकुद र पर्यटनको ठुलो सम्भावना बोकेको वडामा पर्दछ ।
Population:
3462
Ward Contact Number:
९८४७९८५५९५
Ward Secretary:
माधवा घिमिरे