FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु

१. व्यक्तिगत घटना दर्ता के हो ?

उत्तर: व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईँ सराईँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ ।

२. व्यक्तिगत घटना दर्ता गर्नु जरुरी छ छैन ?

उत्तर: जरुरी छ । व्यक्तिले राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाका गर्न कानून बमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताका प्रमाणपत्र जरुरी हुन्छ ।

३. व्यक्तिगत घटना दर्ता कहाँ गरिन्छ ?

उत्तर: सम्बन्धित व्यक्ति स्थायी बसोबास गरेको वडा कार्यालय  वा नगरपालिका ।

४. व्यक्तिगत घटना कसले गर्दछ ?

उत्तर: स्थानीय पञ्जिकाधिकारीले ।

५. स्थानीय पञ्जिकाधिकारी कसलाई भनिन्छ ?

उत्तर: (क) नगरपालिकाहरुका हकमा वडा सचिव र वडा सचिव नभएको अवस्थामा पञ्जिकाधिकारी (रजिस्ट्रार) को सहमतिमा नगरपालिकाको सचिवले तोकेको स्थानीय निकायको कर्मचारी, 
(ख) वडा कार्यालयको हकमा वडा सचिव र वडा सचिव नभएको अवस्थामा पञ्जिकाधिकारी (रजिस्ट्रार) ले तोकिदिएको स्थानीय निकायको कर्मचारी |

१. सामाजिक सुरक्षा भत्ता कुन कुन वर्गका व्यक्तिहरुले पाउँछन् ?

क्र.सं.       लाभान्वित वर्ग         भत्ता प्राप्त गर्न योग्य उमेर र अवस्था    मासिक रकम रु. कैफियत
१. ज्येष्ठ नागरिक

कर्णालीः ६० वर्ष पुगेको

दलितः ६० वर्ष पुगेको

अन्यः ७० वर्ष पुगेको

१०००।–  
२. एकल महिला

विवाह नगरी बसेका महिलाः ६० वर्ष पुगेको

विवाह गरेका तर सम्बन्ध बिच्छेद भएकाः ६० वर्ष पुगेको

१०००।– विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत.. काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् ।
३. विधवा पतिको मृत्यु भएका जुनसुकै उमेरका महिला  १०००।–                               विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत.. काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् ।
४. पूर्ण अपाङ्गता भएका महिला, बालबालिका कार्यालयबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु २०००।–  
५. अति अशक्त अपाङ्गता भएका महिला, बालबालिका कार्यालयबाट ‘ख’ वर्ग अर्थात् निलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु ६००।–               
६. लोपोन्मुख आदिवासी÷जनजाती बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया (पत्थरकट्टा, सिलकट, कुशवधिया, कुचबधिया) जातीका नागरिकहरु २०००।–  
७. बालबालिका

पाँच वर्ष उमेर ननाघेका देहाय वमोजिमका बालबालिका:

कर्णाली अञ्चलका जिल्लाहरुका एक आमाका बढीमा २ बालबालिका

देशभरीका दलित परिवारका एक आमाका बढीमा २ बालबालिका

४००।–  

२. सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धमा कुनै कानून लागू भएको छ ?

उत्तरः सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमलाई ब्यवस्थित बनाउनको लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि जारी गरी सोही अनुसार यो कार्यक्रम सञ्चालन भइ रहेको छ ।

३. भत्ता पाउने व्यक्तिको उमेर गणना गर्दा के लाई आधार मानिन्छ ?

उत्तरः नेपाली नागरिकताको प्रमाणपत्रको उमेरलाई आधार लिइनेछ ।

४. नागरिकतामा जन्मेको साल र महिना खुलेको तर गते नखुलेको अवस्थामा केलाई आधार मानिन्छ ?

उत्तरः जन्मिएको साल र महिना खुलेको तर गते नखुलेको भए उल्लिखित महिनाको मसान्त र सालमात्र खुलेको वा उमेर मात्र उल्लेख भएको भए सम्बन्धित वर्ष(साल) को चैत्र मसान्तलाई आधार मानी जन्म मिति गणना गरिनेछ ।

५. बाल संरक्षण अनुदान प्राप्त गर्नेको हकमा उमेरको गणनाको लागि केलाई आधार मानिन्छ ?

उत्तरः जन्म दर्ता प्रमाणपत्र ।

६. बाल संरक्षण अनुदानको लागि अस्पतालले प्रदान गर्ने जन्मको प्रमाण पत्र भए पनि हुन्छ ?

उत्तरः हुँदैन । स्थानीय निकायले जारी गरेको जन्म दर्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्दछ ।

७. कुन कुन अवस्थामा दोहोरो भत्ता लिन पाईदैन ?

उत्तरः नेपाल सरकार वा नेपाल सरकारको मान्यता प्राप्त संघसंस्था, कम्पनीबाट तलव, भत्ता, पेन्सन वा यस्तै अन्य नाममा मासिक रुपमा प्राप्त गर्नेहरुले सामाजिक सुरक्षा भत्ता लिन पाइदैन ।

८. कुनै व्यक्ति एकभन्दा बढि लक्षित समूहमा परेमा के सबै समुहबाट भत्ता लिन पाउछ ?

उत्तरः पाउदैन । कुनै व्यक्ति एकभन्दा बढी लक्षित समुहमा परेमा त्यस्तो व्यक्तिले सबैभन्दा बढी रकम भएको एक समूहको भत्ता वा वृत्ति मात्र पाउनेछ ।

९. सामाजिक सुरक्षा भत्ता पाउनको लागि कहिले, कहाँ निवेदन दिनु पर्दछ ?

उत्तरः सामाजिक सुरक्षा भत्ता पाउनको लागि जेष्ठ नागरिकहरुले हरेक आर्थिक वर्ष (श्रावण देखि आषाढ मसान्त सम्म) को मंसिर १५ भित्र सम्बन्धित गाउँ विकास समिति वा नगरपालिका कार्यालयमा निवेदन दिनु पर्दछ । तर एकल महिला, अपाङ्गता भएका व्यक्तिहरु तथा बालबालिकाहरुको हकमा जहिले सुकै निवेदन दिन पाइन्छ।

११. चालु आ.व.को मंसिर १५ भन्दा पछि उमेर पुग्ने व्यक्तिले कहिले निवेदन दिनुपर्दछ ?

उत्तरः चालु आ.व.को आषाढ मसान्तसम्म उमेर पुग्ने नागरिकहरु र आगामी आ.व.को फागुन मसान्तसम्म उमेर पुग्ने जेष्ठ नागरिकले समेत अनिवार्य रुपमा आवश्यक कागजात सहित चालु आवको मंसिर १५ भित्र निवेदन पेश गरेको हुनुपर्दछ । मंसिर १५ गतेभित्र त्यस्तो निवेदन नदिएमा त्यस्ता व्यक्तिले आगामी आर्थिक वर्षमा भत्ता पाउँदैनन् ।

१३. के परिचय पत्र नभएका व्यक्तिहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउन सक्छन् ?

उत्तरः सक्दैनन् । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न परिचय पत्र प्राप्त गरेकै हुनुपर्छ ।

१४. सामाजिक सुरक्षा भत्ता लिइरहेका व्यक्तिहरुले पनि परिचय पत्र नवीकरण गर्नुपर्दछ ?

उत्तरः गर्नुपर्दछ । सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिकहरुले हरेक आ.व. को मार्ग १५ भित्र आफ्नो परिचय पत्र नवीकरण गर्नको लागि निवेदन दिनुपर्दछ । नवीकरण नगरेमा पछिल्लो आ.व. मा भत्ता प्राप्त गर्न सकिने छैन।

१५. सामाजिक सुरक्षा भत्ता वर्षमा कति पटक वितरण हुन्छ ? के हरेक महिना भत्ता वितरण हुन्छ ?

उत्तरः हरेक चौमासिकमा एक पटक अर्थात् वर्षमा तीन पटक भत्ता वितरण गरिन्छ । असोज, माघ र जेष्ठ महिनाको १ गते देखि १५ गते भित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ ।

१६. कुनै एक चौमासिकमा भत्ता वितरण गर्दा उपस्थित हुन नसकेको खण्डमा त्यस्तो व्यक्तिले अर्को चौमासिकमा भत्ता लिंदा पहिलाको चौमासिकको भत्ता लिन पाउँछ की पाउँदैन ?

 

उत्तरः अघिल्लो चौमासिकको भत्ता रकम दोश्रो वा तेश्रो चौमासिकमा प्राप्त गर्न सकिन्छ तर एक आर्थिक वर्षको भत्ता अर्को आर्थिक वर्षमा लिन सकिँदैन ।

१७. अघिल्लो आ.व.मा भत्ता लिन नआएका व्यक्तिले चालु आ.व.मा भत्ता पाउँछन् की पाउँदैनन् ?

उत्तरः एक आर्थिक वर्षको भत्ता अर्को आर्थिक वर्षमा वितरण गर्न नमिल्ने अर्थात् फ्रिज हुने भएकोले अघिल्लो आ.व.को भत्ता पाउँदैनन् । त्यस्ता व्यक्तिहरुले असारको २० गते सम्म रकम नबुझेमा त्यस्तो रकम सरकारी ढुकुटी (राजस्व) मा फिर्ता दाखिला हुन्छ ।

१८. के सामाजिक सुरक्षा भत्ता सबैको घर घरमा गएर वितरण गरिन्छ ?

उत्तरः सामाजिक भत्ता वितरण गर्ने दिन र समयमा लाभग्राहीहरु स्थानीय निकायले तोकेको मिति र स्थानमा परिचयपत्र सहित उपस्थित भई भत्ता लिनु पर्दछ ।