FAQs Complain Problems

समाचार

व्यक्तिगत घटना दर्ता सम्बन्धी धेरैजसो सोधिने प्रश्नहरु

१. व्यक्तिगत घटना दर्ता के हो ?

उत्तर: व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईँ सराईँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ ।

२. व्यक्तिगत घटना दर्ता गर्नु जरुरी छ छैन ?

उत्तर: जरुरी छ । व्यक्तिले राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाका गर्न कानून बमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताका प्रमाणपत्र जरुरी हुन्छ ।

३. व्यक्तिगत घटना दर्ता कहाँ गरिन्छ ?

उत्तर: सम्बन्धित व्यक्ति स्थायी बसोबास गरेको वडा कार्यालय  वा नगरपालिका ।

४. व्यक्तिगत घटना कसले गर्दछ ?

उत्तर: स्थानीय पञ्जिकाधिकारीले ।

५. स्थानीय पञ्जिकाधिकारी कसलाई भनिन्छ ?

उत्तर: (क) नगरपालिकाहरुका हकमा वडा सचिव र वडा सचिव नभएको अवस्थामा पञ्जिकाधिकारी (रजिस्ट्रार) को सहमतिमा नगरपालिकाको सचिवले तोकेको स्थानीय निकायको कर्मचारी, 
(ख) वडा कार्यालयको हकमा वडा सचिव र वडा सचिव नभएको अवस्थामा पञ्जिकाधिकारी (रजिस्ट्रार) ले तोकिदिएको स्थानीय निकायको कर्मचारी |