समाचार
वडा नं.४
नेपाल सरकारको निर्णय अनुसार मिति २०७३/११/२२ गते साविक गाविसहरु उदयपुरकोट(१-९) समेटेर वडा नं. ४ कायम गरिएको हो । ३१.३७ वर्ग कि.मी क्षेत्रफल रहेको वडा नं. ४ मा कुल जनसंख्या ३१५५ रहेको छ । शैक्षिक हिसाबमा यस वडामा १ वटा मा.वि र ५ वटा प्रा.वि गरि ६ वटा शिक्षण संस्थाहरु संचालित छन । त्यसै गरि यस वडामा १ वटा स्वास्थ्य चौकी रहेको छ । लगातार १७ पुस्ता सम्म नेपालमा एक मात्र ब्राह्मण राज्य संचालन भएको प्युठान उदयपुरकोट राज्य दरबार यसै वडामा पर्दछ । यो दरबार करिब १५०० मिटरभन्दा बढी उचाइमा पर्ने लेक भएकाले सुन्दर हावापानी छ । यस वडाबाट प्युठानको प्रसिद्द तिर्थस्थल स्वर्गद्वारी आश्रम यहि पर्वत शृंखलाको करिव १५ कि.मीको दुरीमा पर्दछ ।
Population:
3155
Ward Contact Number:
९८६६५०६२७८
Ward Secretary:
बलराम पौडेल