FAQs Complain Problems

वडा नं.३

नेपाल सरकारको निर्णय अनुसार मिति २०७३/११/२२ गते साविक गाविसहरु नयाँगाउँ (१-९) समेटेर वडा नं. ३ कायम भएको हो । १९.६१३ वर्ग कि.मि क्षेत्रफल रहेको वडा नं ३ मा २०७८ को राष्ट्रिय जनगणना अनुसार कुल जनसंख्या ३८९८ ( पुरुष १७०४ र महिला २१९४) रहेको छ । यस वडामा १०४३ घरधुरी रहेका छन । शैक्षिक हिसाबले यस वडामा १ वटा मा.वि, २ वटा आ.वि. र ३ वटा प्रा.वि गरि ६ वटा सामुदायिक विद्यालयहरु र २ वटा निजी विद्यालयहरु संचालित छन । त्यसै गरि यस वडामा १ वटा स्वास्थ्य चौकी, १ वटा प्रयोगशाला ल्याब , जिल्ला ट्राफिक कार्यालय, प्रहरी बिट, बैंक, आयल स्टोर्स  रहेका छन। १२ मेगावाट क्षमता भएको झिमरुक जलविद्युत आयोजना यसै वडाको दारिमचौरमा रहेको छ । माण्डवी गाउँपालिकाको प्रशासनिक केन्द्र यसै वडाको जस्पुरमा रहेको छ । यस वडामा सरकारी कार्यालयमा सडक डिभिजन, इलाका प्रशासन कार्यालय, करदाता सेवा कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय रहेका छन । यस वडाको मार्सीवाङमा  माण्डवी गाउँपालिकाको गौरबको आयोजना अन्तर्गत खेलकुद मैदान पनि रहेको छ । यस वडामा माण्डवी गाउँपालिकाको  नमुना विद्यालय श्री माण्डवी मा.वि रहेको छ ।  समग्र यस वडाको क्षेत्रमा हेर्दा कृषि पेशा, होटल व्यवासाय लगायत अन्य व्यवासय अगाल्ने घर परिवार रहेका छन । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा यस वडामा अध्यक्ष पदमा धनेन्द्र कार्की निर्वाचित हुनुभएको हो । 

Population: 
3462
Ward Contact Number: 
९८४७९८५५९५
Ward Secretary: 
माधवा घिमिरे