FAQs Complain Problems

समाचार

ग्यालरी

माण्डवी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजना प्रभावकारी र गुणस्तरिय रुपमा सञ्चालन गर्न वडा स्तरमा उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रमको साथ साथै एकमुष्ट रुपमा योजनाको सम्झौता र बैंकको सहकार्यमा उपभोक्ता समितिको खाता संचालन गर्ने कार्यक्रम सञ्चालन गरेको छ ।

मिति: 12/20/2023 - 20:18
, , ,

माण्डवी गाउँपालिकाले "स्वास्थ्य क्षेत्रमा दिगाे बिकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाकाे संयुक्त प्रयास” भन्ने नाराकाे साथ २० औं महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ ।

मिति: 12/05/2023 - 19:21
, , , , , , , , , , , ,

माण्डवी गाउँपालिका प्यूठानका प्रमुख प्रशासकीय अधिकृत श्री प्रकाश पाण्डे ज्यूको अध्यक्षतामा माण्डवी गाउँपालिकामा कार्यरत कर्मचारीहरुको बैठक सम्पन्न भएको छ। बैठकमा विषयगत शाखा प्रमुख, प्राविधिक कर्मचारी,वडा सचिव ,स्वास्थ्य प्रमुख लगाएत कर्मचारीको उपस्थित थियो । कर्मचारीहरुले बैठकमा शाखा र वडा कार्यालयबाट आर्थिक वर्ष २०८०/०८१ को हालसम्म सम्मको एकमुष्ट प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
 साथै माण्डवी गाउँपालिका कृषि विकास शाखामा कार्यरत कृषि अधिकृत श्री विदुशा आचार्यको फेरि भेटौला कार्यक्रम मार्फत विदाई र कृषि स्नातक प्राविधि श्री सनत के.सीलाई  स्वागत समेत गरिएको छ ।

मिति: 12/05/2023 - 12:38
, , , , , , , , , ,

माण्डवी गाउँपालिकाले आज "दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता" भन्ने मूल नाराका साथ ३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस  अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अभिमुखकरण, छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ । 
संयुक्त राष्ट्र संघले ३ डिसेम्बरलाई विश्व अपाङ्गता दिवस घोषणा गरे अनुसार हरेक वर्ष विश्वभर अपाङ्गता दिवस मनाउँदै आएको छ ।

मिति: 12/03/2023 - 17:36
, , , , , , , ,

माण्डवी गाउँपालिका प्यूठानको आयोजनामा संचालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८० अन्तर्गत राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष भलिवल प्रतियोगिता कार्यक्रम सम्पन्न ।
प्रथम  : सुनिलस्मृति गाउँपालिका, रोल्पा
द्वितीय: गौमुखी गाउँपालिका, प्यूठान
तृतीय: सरुमारानी गाउँपालिका, प्यूठान 
सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना ।

मिति: 12/03/2023 - 13:58
, , , , , , , , , , , , , , , , , , , , , ,

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो तथा सहज बनाउन २०८० वैशाख २ गते देखि वैदेशिक रोजगारीमा जानेहरुका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन कार्य स्थानीय तहको रोजगार सेवा केन्द्रबाट गराउने नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णयअनुसार बुधवार माण्डवी गाउँपालिकाले  वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने श्रम स्वीकृतिको निस्सा प्रदान गरेर श्रम स्वीकृति दिए सँगै सेवा प्रारम्भ भएको छ । अध्यक्ष नमराज अधिकारी ज्यूले बुधवार गाउँपालिकाबाट पहिलो पटक माण्डवी गाउँपालिका वडा नं ३ जस्पुर निवासी यम बहादुर घर्तिलाई साउदीअरबको श्रम स्वीकृति

मिति: 11/08/2023 - 13:11
,

नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दिपावली, छठ पर्व २०८० तथा नेपाल सम्बत ११४४ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाई तथा दिदिबहिनिहरुमा सुख, समृद्धि सु-स्वास्थ्य एवं दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ ।

मिति: 10/20/2023 - 12:56

माण्डवी गाउँपालिका प्यूठानको आ. व २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सूचना प्रविधिमा आधारित वस्तुस्थिति विवरण  (डिजिटल प्रोफाइल) तयारी तथा निर्माणका लागि प्रश्नावली माथि छ्लफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति: 10/16/2023 - 18:47
, , , ,

"Fulfilling the promises of the universal declaration of human rights for older person: Across Generations ( सबै पुस्ताका लागि जेष्ठ नागरिककाे मानव अधिकारबारे विश्वब्यापी घोषणा गरिएका बाचाहरु पूरा गरौं) भन्ने मूल नाराका साथ माण्डवी गाउँपालिका सभाहल देवीस्थानमा जेष्ठ नागरिकहरुको प्रतिभा, ज्ञान, शिप एबं अनुभव आदानप्रदान गर्दै ३३ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईएको छ ।

मिति: 10/01/2023 - 19:16
, ,

Pages

//