FAQs Complain Problems

समाचार

ग्यालरी

माण्डवी गाउँपालिका प्यूठानको आयोजनामा संचालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८० अन्तर्गत राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष भलिवल प्रतियोगिता कार्यक्रम सम्पन्न ।
प्रथम  : सुनिलस्मृति गाउँपालिका, रोल्पा
द्वितीय: गौमुखी गाउँपालिका, प्यूठान
तृतीय: सरुमारानी गाउँपालिका, प्यूठान 
सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना ।

मिति: 12/03/2023 - 13:58
, , , , , , , , , , , , , , , , , , , , , ,

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो तथा सहज बनाउन २०८० वैशाख २ गते देखि वैदेशिक रोजगारीमा जानेहरुका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन कार्य स्थानीय तहको रोजगार सेवा केन्द्रबाट गराउने नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णयअनुसार बुधवार माण्डवी गाउँपालिकाले  वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने श्रम स्वीकृतिको निस्सा प्रदान गरेर श्रम स्वीकृति दिए सँगै सेवा प्रारम्भ भएको छ । अध्यक्ष नमराज अधिकारी ज्यूले बुधवार गाउँपालिकाबाट पहिलो पटक माण्डवी गाउँपालिका वडा नं ३ जस्पुर निवासी यम बहादुर घर्तिलाई साउदीअरबको श्रम स्वीकृति

मिति: 11/08/2023 - 13:11
,

नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दिपावली, छठ पर्व २०८० तथा नेपाल सम्बत ११४४ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाई तथा दिदिबहिनिहरुमा सुख, समृद्धि सु-स्वास्थ्य एवं दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ ।

मिति: 10/20/2023 - 12:56

माण्डवी गाउँपालिका प्यूठानको आ. व २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सूचना प्रविधिमा आधारित वस्तुस्थिति विवरण  (डिजिटल प्रोफाइल) तयारी तथा निर्माणका लागि प्रश्नावली माथि छ्लफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति: 10/16/2023 - 18:47
, , , ,

"Fulfilling the promises of the universal declaration of human rights for older person: Across Generations ( सबै पुस्ताका लागि जेष्ठ नागरिककाे मानव अधिकारबारे विश्वब्यापी घोषणा गरिएका बाचाहरु पूरा गरौं) भन्ने मूल नाराका साथ माण्डवी गाउँपालिका सभाहल देवीस्थानमा जेष्ठ नागरिकहरुको प्रतिभा, ज्ञान, शिप एबं अनुभव आदानप्रदान गर्दै ३३ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईएको छ ।

मिति: 10/01/2023 - 19:16
, ,

माण्डवी गाउँपालिका अध्यक्ष श्री नमराज अधिकारी ज्यूले संविधान सभा सदस्य  श्री खिमलाल देवकोटा, श्री हितमान शाक्य र श्री नारायण प्रसाद अधिकारी ज्यूसँग भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ  ।

मिति: 09/27/2023 - 13:08

माण्डवी गाउँपालिकाको आयोजनामा संविधान दिवस २०८० को अवसरमा गाउँपालिकाको कार्यालय परिसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 09/19/2023 - 21:23
, , , ,

माण्डवी गाउँपालिका, प्यूठानको आयोजनामा स्थानीय तहका उपप्रमुख/उपाध्यक्षहरु संयोजक रहेको प्यूठान जिल्ला अन्त्तरपालिका स्तरीय न्यायिक समितिको चौथो बैठक भदौ १९ गते सम्पन्न भएको छ । हरेक महिनामा न्यायिक समितिका संयोजकहरुले आ–आफ्नो पालिकामा आएको उजुरी तथा न्याय सम्पादनको विषयमा भोगेका भोगाईहरु एक अर्कामा जानकारी गराउने तथा सिकाई आदान प्रदान गर्ने उद्देश्यले बैठकको आयोजना गर्ने गरिएको हो ।

मिति: 09/05/2023 - 20:36
, , , , , , , ,

माण्डवी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा राष्ट्रिय क्षयरोग कार्यक्रमको पालिका स्तरीय अर्धवार्षिक/ वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ ।   मिति २०८०/०५/११ गते संचालन भएको गोष्ठीमा सहभागी गाउँपालिका अन्तर्गतका ५ वटै  वडामा रहेका स्वास्थ्य चौकी प्रमुखहरुले गत आ.व मा आ–आफ्नो वडामा भएका कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

मिति: 08/28/2023 - 21:20
,

Pages