युरोपियन युनियनको आर्थिक सहयोग पिपल इन नीड, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र सेभ द चिल्ड्रेनको सहकार्यमा यस माण्डवी गाउँपालिकामा संचालित प्रतिबद्ध तेश्रो परियोजनाको अवधारण, उद्देश्य, लक्षित समुदाय र कार्य सञ्चालन प्रक्रियाबारे जानकारी आदान प्रदान गर्ने उद्देश्यले परियोजनाको परिचयात्मक प्रारम्भिक बैठक माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतमा सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिका विपद् व्यवस्थापन समितिका सदस्य, गाउँ कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख, प्रतिबद्ध तेस्रो परियोजनाका कर्मचारीहरूको उपस्थिति रहेको थियो । गाउँपालिकाको विपद् फोकल पर्सन बलराम पौडेलले सञ्चालन गर्
समाचार
ग्यालरी
माण्डवी गाउँ कार्यपालिकाको कार्यालयमा प्रमुख प्रशासकिय अधिकृत पदमा रहनुभएका श्री प्रकाश पाण्डे ज्यू गाउँपालिकामा २ वर्ष ७ दिन सम्मको बसाइको क्रममा बनेको हार्दिकता र सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउदै कुशल कार्यालय प्रमुखको भूमिका निर्वाह गरी गृह मन्त्रालयमा सरुवा हुनुभएकोमा माण्डवी गाउँपालिकाले आज गरेको फेरी भेटौला तथा धन्यवाद ज्ञापन कार्यक्रम मार्फत उहाँले पदमा रही आफ्नो अनुभव, विज्ञता तथा काम प्रतिको लगनशिलता र सेवाग्राही मैत्री कार्य संस्कृतिका कारण यस कार्यालय बाट हुने सार्बजनिक सेवा लाई प्रभावकारी बनाउन पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन र सम्मान व्यक्त गर्दै नेपालको निजामती प्रशास
राष्ट्रिय शिक्षा दिवस, २०८१ का अवसरमा माण्डवी गाउँपालिकाद्धारा आयोजना गरिएको कार्यक्रम गाउँपालिका अध्यक्ष नमराज अधिकारी ज्यूको अध्यक्षता र संविधान सभा सदस्य नारायण प्रसाद अधिकारी ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।कार्यक्रममा २०८० सालको परिक्षामा उत्कृष्ट नतीजा हासिल गर्ने सामुदायिक विद्यालय शिक्षक शिक्षिकाहरुलाई पुरस्कार र प्रशंसा पत्र सहित सम्मान गरिएको थियो, साथै साक्षरता दिवस, २०८१ का अवसरमा आयोजित निबन्ध लेखन , वक्तृत्वकला, चित्रकला, हाजिरी जवाफ, हिसाब दौड प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय स्थान हाँसिल गर्ने विद्यार्थीहरूलाई समेत पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा गाउँपालिका
माण्डवी गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८१-०८२ का लागि कूल रकम ४२ करोड ४५ लाख ६ हजार रुपैयाँ विनियोजन भएको छ । जस मध्ये संघीय सरकारबाट वित्तीय समानीकरणमा रु. ७ करोड ५८ लाख, सशर्त अनुदान चालु तर्फ रु. १५ करोड ९१ लाख ०६ हजार तथा शसर्त अनुदान पुँजीगत तर्फ रु १ करोड ७० लाख प्राप्त हुन आएको छ । संघीय सरकारको राजश्व बाँडफाँडबाट रु. ७ करोड ८४ लाख प्राप्त भएको छ । संघीय सरकारबाट विशेष अनुदान तर्फ रु ३ करोड तथा समपुरक अनुदान तर्फ रु ७५ लाख प्राप्त भएको छ । प्रदेश सरकारबाट वित्तीय समानीकरणमा रु.४७ लाख १५ हजार तथा सशर्त अनुदान पुँजिगत तर्फ रु.
माण्डवी गाउँपालिकाको आयोजनामा कर्मचारी तथा जनप्रतिनिधिहरुका लागि दिगो विकासको लक्ष्य स्थानीयकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम र कर्मचारीहरुका लागि सचेतना तथा क्षमता विकास तालीम माण्डवी गाउँपालिकाको कार्यालय जस्पुरमा सम्पन्न भएको छ।
माण्डवी गाउँपालिकाले व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र अन्तर्गत मिनी ट्रेलर वितरण गरेको छ। माण्डवी गाउँपालीकाको आ.व. २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५ वटै वडामा रहेका कृषक समुह/सहकारी/टोल विकास संस्थाका किसानलाई मिनी ट्रेलर वितरण गरिएको हो। कृषि यान्त्रीकरण, प्रविधिको प्रयोग गरी जीविकोपार्जन मात्र नभई व्यवसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाका किसानलाई मिनी ट्रेलर वितरण गरिएको हो ।
प्यूठानको माण्डवी गाउँपालिका जिल्लाको पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त ( नो होम डेलिभरी ) गाउँपालिका घोषणा भएको छ । यो भनेको यो पालिकामा घरमा प्रसुति हुने महिलाको संख्या शून्य हुनु हो । शनिबार एक कार्यक्रमका बिच जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिले गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त (नो होम डेलिभरी) स्थानीय तह घोषणा गरेको छ ।
माण्डवी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को हालसम्म सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।
गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्दै आइरहेको छ ।
माण्डवी गाउँपालिकाको आयोजना तथा राष्ट्रिय युवा परिषद नेपालको समन्वयमा मिति २०८१ जेठ १० गते सञ्चालन भएको स्वयंसेवक विकास र परिचालन सम्बन्धी कार्यक्रम आज सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो दिन जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले लागू औषध दुर्व्यसन र त्यसको रोकथामको विषयमा, जिल्ला अदालत प्यूठानका बुद्धि बहादुर वस्नेतले कानुनी सचेतना सम्बन्धी विषयमा र नेपाली सेनाका उपसेनानी रामु आले मगरले विपदमा युवाहरुको परिचालन सम्बन्धि विषयवस्तुमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा बर्द बहादुर गण खलङ्गा प्यू