समाचार
ग्यालरी
आज मिति २०८० वैशाख ३ गते माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रकाश पाण्डे ज्यूको अध्यक्षतामा, गाउँपालिका अध्यक्ष नमराज अधिकारीज्यूको प्रमुख अतिथि र गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कलाथोकि ज्यूको विशिष्ट आतिथ्यता रोजगार संयोजक भेषराज अधिकारीको "फेरि भेटौला कार्यक्रम" गरी विदाई कार्यक्रम सम्पन्न गरियो ।
माण्डवी गाउँपालिका प्यूठानको आयोजनामा आइतबारदेखि शुरू भएको सेवा प्रबाह सम्बन्धि एकिकृत घुम्ती शिविरको चौथो दिन माण्डवी गाउँपालिका -५ तीघराको बागिश्वरी मा.वि मा संचालन भएको छ । शिविरमा स्वास्थ्य सेवा तर्फ ग्रामीण अल्ट्रासाउण्ड सेवा २ जना, VIA जाँच ४३ जना, पाठेघरको समस्या जाँच ४३ जना, सामान्य स्वास्थ्य परिक्षण १२६ जना , सुगर परिक्षण ९३, खकार परिक्षण ६ जना, पशुसेबा तर्फ ९० जना ,माटाे परिक्षण नमुना संकलन २६ जना र जेष्ठ नागरिक परिचय पत्र १ जना र वडाबाट ५५ जना गरी जम्मा ४८५ जनाले सेवा लिएका थिए । बिहीबार कामाक्षी मा.वि माण्डवी-४ उदयपुरकोटमा संचालन हुनेछ । बागिश्वरी मा.वि मा संचालन भएको छ ।
माण्डवी गाउँपालिका प्यूठानको आयोजनामा आइतबारदेखि शुरू भएको सेवा प्रबाह सम्बन्धि एकिकृत घुम्ती शिविरको तेश्रो दिन माण्डवी गाउँपालिका -३ नयाँगाउँको कृष्ण आ.वि मार्सीबाङमा संचालन भएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसनले ब्यानर पढेर शिविरको उदघाटन गर्नु भएको थियो ।उदघाटनमा मन्तव्य राख्दै प्रमुख अतिथि अधिकारीले दूरदराजका जनताको दैनिकीलाई सहज तथा गाउँपालिकाले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन र कार्यालयमा नै पुग्नुपर्ने बाध्यतामा रहेका नागरिकको सुविधाका लागि शुरू गरिएको एकीकृत घुम्ती शिविरबाट सबै नागरिकले सेवा लिनुपर्ने बताउनु भयो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथ
माण्डवी गाउँपालिका प्युठानको आयोजनामा आइतबारदेखि देखि सेवा प्रबाह सम्बन्धि एकिकृत घुम्ती शिविर शुरु भएको छ । शिविरको दोस्रो दिन माण्डवी गाउँपालिका -२ मर्काबाङको गणेश आ.वि ढिकावङमा सन्चालन भएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसनले ब्यानर पढेर शिविरको उदघाटन गर्नु भएको थियो,उदघाटन मन्तव्य राख्दै प्रमुख अतिथि अधिकारीले स्थानीय सरकारले जनताको सेवाका लागि पालिका भित्र हरेक बस्तीमा गयर सेबा दिने भन्दै, सरकारको ध्यान सेवामा पहुच नपुगे का क्षेत्र र जनताको पक्षमा रहेको बताउनु भयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकिले यो शिविर संचालनले जनताको लागि भयको र धेरैजनाले शि
माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सेवा प्रबाह सम्बन्धि एकिकृत घुम्ती शिविर आज देखि वडा नं.-१ तिरामबाट अौपचारिक सुरु गरिएको छ।
शिविर पालिका भित्रका प्रत्येक वडामा क्रमश सोमबार,मङगलवार,बुधबार र बिहिवार सम्म सञ्चालन गर्ने योजना तय गरिएको छ । तिराम स्वास्थ केन्द्रमा सुरु भएको शिविरको गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसनले ब्यानर पढेर उदघाटन गर्नु भएको थियो । उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि अधिकारीले आफुहरु जनतालाइ सहज र प्रभाबकारी सेबा दिन लागि परेको भन्दै जनताको साथमा सधै स्थानीय सरकार रहेको बताउनु भयो।
माण्डवी गाउँपालिका र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा मिति २०७९ चैत्र ८ गते देखि १० गते सम्म संचालित "स्थानीय तहको सेवा प्रवाहमा जनप्रतिनिधि र कर्मचारीहरुको भूमिका विषयक’ प्रशिक्षण कार्यक्रम गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीको अध्यक्षता र गाउँपालिका अध्यक्ष नमराज अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न भएको छ । उक्त प्रशिक्षण कार्यक्रमको आज अन्तिम दिन प्रतिष्ठानका व्यवस्थापन अधिकृत उदयनाथ खनालले पत्र व्यवहार तथा टिप्पणी लेखन विषयमा र प्रतिष्ठानका बरिष्ठ कम्प्युटर अधिकृत अमित श्रेष्ठले ज्ञान व्यवस्थापन विषयमा प्रशिक्षण दिनुभएको थियो भने करदाता सेवा कार्यालयका कर अधि
माण्डवी गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको
क्षमता विकासका लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, ललितपुर र माण्डवी गाउँपालिका, प्यूठानको संयुक्त आयोजनामा ‘स्थानीय तहको सेवा प्रवाहमा जनप्रतिनिधि र कर्मचारीहरुको भूमिका विषयक’ प्रशिक्षण कार्यक्रम संचालन भएको छ ।
माण्डवी गाउँपालिका, प्यूठानको आयोजना र लुम्बिनी प्रदेश सरकार कृषि तथा भुमी व्यवस्था मन्त्रालयको प्राविधिक सहयोगमा माण्डवी गाउँपालिको आ.व २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम किसान सूचीकरण कार्यक्रम संचालनार्थ जनप्रतिनिधि, कर्मचारी, सहजकर्ता तथा अन्य सरोकारवालाहरु बीच १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालीका अध्यक्ष नमराज अधिकारी ज्यू को अध्यक्षतामा संचालन भएको कार्यक्रममा उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी , प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे , वडा अध्यक्षहरु, कर्मचारी, सहजकर्ता र सरोकारवालाको सहभागिता रहेको थियो ।