माण्डवी गाउँपालिका, प्यूठानले आर्थिक वर्ष २०७९–०८० को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिका सभाहल देवीस्थानमा आईतबार उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा गाउँपालिकाले भए गरेका विभिन्न कामहरुका वारेमा नागरिकलाई जानकारी गराएको थियो । साथै ससहभागीहरूबाट सुझाव समेत संकलन गरिएको थियो ।