समाचार
महिला सहकारी संस्थाहरुलाई प्रस्तावना लेखन तालिम सम्पन्न
माण्डवी गाउँपालिका, प्यूठानको आयोजनामा महिला सहकारी संस्थाका सदस्यहरूलाई प्रस्तावना लेखन सम्बन्धी ३ दिने तालिम बिहीबार सम्पन्न भएको छ ।
माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीको अध्यक्षता संचालन भएको तालिममा प्रत्येक वडामा रहेका महिला सहकारी संस्थाका २० जनाको सहभागिता रहेको थियो । गाउँपालिका सभाहल जस्पूरमा सम्पन्न तालिममा मन्तब्य राख्दै गाउँपालिका अध्यक्ष नमराज अधिकारीले तालिमबाट प्राप्त ज्ञान व्यवहारमा लागू गर्नुपर्ने बताउनु भएको थियो । साथै उहाँले सहकारी मार्फत समाजलाई जागरुक गराउँदै आर्थिक उत्पादनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुपर्ने बताउनु भयो। तालिम समापन कार्यक्रममा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे लगायतले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।