FAQs Complain Problems

ग्यालरी

घरेलु तथा साना उद्योग विकास समिति प्यूठानको आयोजना तथा माण्डवी गाउँपालिकाको सह-आयोजनामा "सिप सिकौ आत्मनिर्भर बनौ " भन्ने मूल नाराका साथ ४५ दिने महिला सिपमुलक बुटिक तालिम र ३० दिने मोटर ड्राइभिङ्ग तालिम बुधवार सम्पन्न भएको छ | सिपमुलक तालिम मार्फत व्यवसायिक र आत्मनिर्भर बनाउनको लागि सो तालिमको आयोजना गरिएको हो | सो तालिममा ७ जना पुरुष र १२ जना महिलाहरुको सहभागिता रहेको थियो |

मिति: 05/16/2019 - 16:32
, , , , , , , , ,

माण्डवी गाउँपालिकाको स्थापना कालदेखि यस कार्यालयमा सहायक महिला विकास निरिक्षक पदमा रही आफ्नो लामो अनुभव, विज्ञता तथा काम प्रतिको लगनशिलता र सेवाग्राही मैत्री कार्य संस्कृतिका कारण यस कार्यालय बाट हुने सार्बजनिक सेवा लाई प्रभावकारी बनाउन अमुल्य योगदान गर्नु भएकी स.म.वि.नि. श्री शान्ता शर्मा लमही नगरपालिकामा समायोजन भइ जानुभएकोमा उहाँको बिदाईका केहि झलक हरु:

मिति: 05/16/2019 - 12:58
,

बुधवार माण्डवी गाउँपालिकाको वडा नं. ३ अन्तर्गत लामाचौर गाउँमा लामाचौर एक घर एक धारा खानेपानी निर्माण आयोजनाबाट निर्माण गरिएको धाराको उद्घाटन गरिएको छ | गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शिसिर रिजाल ज्यू ले सो धाराको उद्घाटन गर्नुभएको हो |

गाउँपालिकाको १० लाख र जनश्रमदानबाट रु १ लाख २० हजार ७ सय बहत्तर रुपैयाँ ८७ पैसा गरि जम्मा ११ लाख २० हजार ७ सय बहत्तर रुपैयाँ ८७ पैसाको लागतमा यस क्षेत्रमा ८५ घर धुरीमा एक घर एक धारा खानेपानी निर्माण भएको हो | खानेपानीको सहज आपूर्ति भएपछी यस क्षेत्रका ३३७ जना र प्युठान सनराइज एकेडेमीका ३६० छात्राछात्र प्रत्यक्ष लाभान्वित हुने छन |

मिति: 05/16/2019 - 10:57
, , , , , , , ,

माण्डवी गाउँपालिका प्यूठानले गाउँपालिकाभित्र एक घर, एक धारा अभियानलाई तीव्र पारेको छ । सोमबार एक कार्यक्रमका माण्डवी गाउँपालिका वडा नं. ३ सल्लिबेशी गाउँमा निर्माण भएका एक घर एक धाराको उद्घाटन गरिएको छ | गाउँपालिका अध्यक्ष श्रीधर रोकाले उक्त धाराको उद्घाटन गर्नुभएको हो |

गाउँपालिकाको ६ लाख ७५ हजार र जनश्रमदानबाट १ लाख ३८ हजार ९ सय २२ गरी जम्मा ८ लाख १३ हजार ९ सय २२ रुपैयाँको लागतमा गाउँका ४८ वडा घरधुरीमा उक्त धारा निर्माण गरिएको हो |

मिति: 04/30/2019 - 11:18
, , , , ,

माण्डवी गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ प्यूठानको समन्वयमा आ.व २०७५/०७६ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ |गाउँपालिका अध्यक्ष श्रीधर रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकामा क्रियाशील राजनितिक दलका प्रतिनिधिहरु, वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरु, स्थानीय राजनितिक दलका प्रतिनिधहरु, स्थानीय संघ संस्थाका प्रतिनिधि र जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु लगायत स्थानीय जनसमुदायको सहभागिता रहेको थियो ।उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा माण्डवी गाउँपालिकाद्वारा प्रदान गरिने सेवा प्रवाह र योजना तथा कार्यक्रम संग सम्बन्धित विभिन्न वि

मिति: 02/27/2019 - 12:56
, , , , , , , ,

एक चक्की सिटामोलका लागि 2 घन्टाको पैदल हिड्ने ठाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएपछी स्थानीय बासिन्दा खुशी भएका छन | माण्डवी गाउँपालिकाको दुर्गम मानिने ढिकावनमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको हो  | गाउँपालिकाको आफ्नै लगानीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको हो | शुक्रबार आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री श्रीधर रोकाले उक्त सामुदायिक स्वास्थ्य इकाईको उदघाटन गर्नुभएको हो | उदघाटनमा बोल्दै उहाँले विकास भनेको बाटो मात्र बनाउनु नभई मानवीय विकासलाई जोडेर लैजान स्थानीय सरकार लागि परेको बताउनुभयो | ‘जनताको सहभागिताले मात्र दिगो विकास सम्भव छ, उहाँले भन्नुभयो , ‘सबै तह

मिति: 02/01/2019 - 18:17

माण्डवी गाउँपालिकाको आर्थिक सहयोग र माण्डवी गाउँपालिका वडा नं. ३ को आयोजनामा ७५ वर्ष माथिका ४७ जना जेष्ठ नागरिकहरुलाई वडा स्तरीय सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ | कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि माण्डवी  गाउँपालिकाका उपाध्यक्ष श्री मुगा पुनले जेष्ठ नागरिक अनुभवको खानी, संघर्षको ज्यूदो नमुना र भावी पिढीलाई सकरात्मक दिशातर्फ उत्प्रेरित गर्न महत्वपुर्ण योगदान दिनसक्ने व्यक्ति भएकोले उहाँहरुलाई सम्मान गर्न पाँउदा आफू निकै गौरवान्वित भएको बताउनुभयो भने वडा नं.

मिति: 01/31/2019 - 17:36

Pages