FAQs Complain Problems

ग्यालरी

१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा माण्डवी गाउँपालिकाले ‘महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी यो दिवस मनाएको छ ।

मिति: 03/08/2021 - 19:17
, , , , , , , , , , , , , , , , , ,

माण्डवी गाउँपालिकाले गाउँपालिका अन्तर्गत विपद र प्रकोपमा परेका गरिब, अशक्त, दीर्घरोगी व्यक्तिहरुलाई राहत, उद्दार तथा पुनर्स्थापना गर्नका लागि आर्थिक सहायता प्रदान गरेको छ । माण्डवी गाउँपालिकाको कार्यालयमा अध्यक्ष श्रीधर रोका ज्युले उद्दार, राहत स्वरूप प्रकोप पिडित तथा गरीब ,अशक्त र दिर्घरोगीहरुलाई एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गर्नुभएको हो |गाउँपालिका क्षेत्रभित्र हुने प्राकृतिक तथा गैर प्राकृतिक विपद, अत्यन्तै न्युन आर्थिक स्थिति भएका दीर्घरोगी जस्तै मुटु, मृगौला, क्यान्सर, पक्षघात तथा मस्तिष्क घात लगायतका मानव जीवनमा असर पार्ने तथा अप्रत्याशित कारणबाट सृजना भएको विशेष परिस्थितिक

मिति: 02/10/2021 - 20:28
, , , , , , , , ,

लुम्बिनी प्रदेश सभा सदस्य माननीय श्री कृष्णध्वज खड्काले माण्डवी गाउँपालिका वडा नं ३, देविस्थानमा १५ शैयाको अस्पताल भवनको शिलान्यास गर्नुभएको छ ।

ग्रामिण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन सरकारले स्वास्थ्य संस्था नभएका ६४९ वटा स्थानीय तहमध्ये पहिलो चरणमा ५, १० र १५ शैय्याका ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्न लागेको हो ।

मिति: 12/03/2020 - 15:39
, , , , , , , , , , , , , ,
मिति: 10/16/2020 - 11:58
, , , , , , , , , , ,

संघीय गणतन्त्र नेपालको संविधान जारी भई छैटौं वर्षमा प्रवेश गरेको अवसरमा आज माण्डवी गाउँपालिका ले उल्लासका साथ संविधान दिवस मनाएको छ । नेपालको नक्सा र नेपालको झण्डा बनाएर वरिपरि दीप प्रज्वलन गरी दिवस मनाएको हो ।

मिति: 09/19/2020 - 21:17
, ,

माण्डवी गाउँ कार्यपालिकाको कार्यालयमा ना.सु पदमा कार्यरत श्री ज्योति प्रकाश पौडेल गाउँपालिका स्थापना काल देखि बसाइको क्रममा बनेको हार्दिकता र सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउदै कुशल नायब सुब्बाको भूमिका निर्वाह गरी मिति २०७७/०५/०४ देखि समायोजन भई कैलाली भन्सार कार्यालयमा सरुवा हुनुभएकोमा यस माण्डवी गाउँपालिका परिवार गाउँपालिका प्रति पुर्याउनुभएको योगदानको उच्च मुल्यांकन र सम्मान व्यक्त गर्दै आगामी दिनमा उत्तोरोत्तर प्रगतिको साथै सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछ |

मिति: 08/20/2020 - 14:26
, , , , , , , , ,

माण्डवी गाउँपालिकाको आठौ गाउँसभा मार्फत आ.व २०७७/०७८ को लागि रु.३७ करोड ९७ लाख ७१ हजार ९ सय ८० रुपैया बजेट सभामा पेश गरी पारित भएको छ | गाउँपालिकाले यस वर्ष पुँजिगत तर्फ ११ करोड १४ लाख ४८ हजार (३० प्रतिशत) र चालु तर्फ शिक्षा र स्वास्थ्यको तलब भत्ता, कार्यक्रम सहित २६ करोड ८३ लाख २३ हजार ९ सय ८० (७० प्रतिशत) गरी कुल जम्मा रु.

मिति: 07/15/2020 - 14:22
, , , , , , ,

Pages

//