FAQs Complain Problems

समाचार

ग्यालरी

माण्डवी गाउँपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ मिति २०७९ माघ १६ गते देखि सुरू भइ आज २०७९ साल माघ १८ गते सम्पन्न भएको छ । यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ श्री माण्डवी मा.वि नयाँगाउँले जित्न सफल भएको छ भने गणेश मा.वि तिरामले द्वितीय स्थान र कामाक्षी मा.वि उदयपुरकोटले तृतीय स्थान हासिल गर्न सफल भएका छन । माण्डवी गाउँपालिका शिक्षा शाखा प्रमुख तुल्सी कार्कीले संचालन गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि संविधान शभा सदस्य नारायण प्रसाद अधिकारी, गाउँपालिका अध्यक्ष नमराज अधिकारी , उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी, ईलाका प्रशासन कार्यालय जस्पुरका कार्यालय प्रमुख

मिति: 02/02/2023 - 13:31
, , , , , , , , , , , , , , , ,

माण्डवी गाउँपालिका अध्यक्ष श्री नमराज अधिकारी ज्यूको अध्यक्षता तथा जिल्ला समन्वय समिति उपप्रमुख श्री दुर्गा रेग्मी ज्यूको प्रमुख आतिथ्यतामा मिति २०७९ पौष २४ गते प्रदेश सुशासन केन्द्र नेपालगंज, बाँकेको सहयोग तथा जिल्ला समन्वय समिति प्यूठानको आयोजनामा स्थानीय तह बित्तिय सुशासन जोखिम मुल्याङकन बिषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमकमा उपाध्यक्ष, वडा अध्यक्ष, विभिन्न शाखाका शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण लेखा अधिकृत श्री कमान सिंह के.सी. ले गर्नुभएको थियो ।

मिति: 01/08/2023 - 15:17
, , , , , , , , , ,

माण्डवी गाउँपालिकाको १३ औं गाउँ सभा तथा हिउदे अधिवेशन सम्पन्न भएको छ । बिहिबार माण्डवी गाउँपालिकाको सभाहलमा चालू आर्थिक बर्ष ०७९/८० को हाल सम्मको प्रगति विवरण तथा विभिन्न निर्णय गर्दै गाउँपालिकाको १३ औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको हो ।

गाउँ सभामा आ.व. २०७९/८० को योजना तथा बजेट रकमान्तर, संशोधन सम्बन्धि विवरण तथा चालू आर्थिक बर्ष ०७९/८० को अहिले सम्मको प्रगति विवरण गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीले प्रस्तुत गर्नु भएको थियो । बेरुजु सम्बन्धि विवरण लेखा समितिका संयोजक दुर्गा प्रसाद आचार्यले प्रस्तुत गर्नु भएको थियो ।

मिति: 01/05/2023 - 19:35
, , , , , , , , , , , , , , , , ,

माण्डवी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष ०७९/०८० को प्रथम चौमासिक सम्म सम्पादन गरेको कामको प्रगति, त्यसको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पारदर्शिता सुनिश्चित गर्नका लागि गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्दै आइरहेको छ ।

मिति: 01/04/2023 - 12:35
, , , , , , , , , , , , , , ,

धन्यवाद ज्ञापन सम्बन्धमा ।

मिति: 10/12/2022 - 13:05
,

माण्डवी गाउँपालिका, प्यूठानको आयोजनामा आज मिति २०७९/०६/१४ गतेका दिन नेपालीहरुको महान चाड शुभ विजयदशमी , दिपावली तथा छठ पर्व २०७९ को पावन अवसरमा जनप्रतिनिधि तथा कर्मचारीहरु बीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 09/30/2022 - 12:55
, , , , ,

गाउँपालिकास्तरीय पोषण तथा खाध्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारी ज्यूको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कलाथोकी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे र गाँउपालिकाका विभिन्न शाखाको शाखा प्रमुखहरुको उपस्थित रहेको थियो। कार्यक्रमको सहजीकरण लुम्बिनी प्रदेशका पोषण संयोजक भुमिश्वर शर्माले गर्नुभएको थियो ।

मिति: 09/23/2022 - 19:05
, , , , ,

माण्डवी गाउँपालिका, प्यूठानको आयोजनामा संविधान दिवस २०७९ को पुर्वसन्ध्यामा दिप प्रज्वलन गरेको छ । गाउँपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जी.सी ज्यू , जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल ज्यू, गाउँपालिका अध्यक्ष नमराज अधिकारी ज्यू , गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी ज्यू , गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे ज्यू, गाउँपालिकाका कर्मचारीहरु , ससस्त्र प्रहरी, नेपाल पुलिस लगायतले नेपालको नक्सा, झण्डा वरिपरी दिप प्रज्वलन गरि यो दिवस मनाएको हो।

मिति: 09/18/2022 - 22:27
, , , , ,

Pages

//