माण्डवी गाउँपालिका जस्पुर प्यूठानको गाउँसभाको १५ औं अधिवेशनको दोश्रो बैठक आज गाउँपालिकाको सभाहल जस्पुर प्यूठानमा सम्पन्न भएको छ । सभामा गाउँपालिकाको शिक्षा नीतिको संशोधन प्रस्ताव, स्वास्थ्य नीति र विद्यालयमा कक्षा थप सम्बन्धि प्रस्तावहरु माथी छलफल भई पारित भएको छ । सभामा शिक्षा नीति र कक्षा थप सम्बन्धि प्रस्ताव सामाजिक विकास समिति संयोजक प्रकाश वली र स्वास्थ्य नीति सम्बन्धि प्रस्ताव प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले सभामा प्रस्तुत गर्नु भएको थियो । गाउँसभाको १५ औं अधिवेशनको तेस्रो बैठक फागुन १५ गते वस्नेछ ।
समाचार
ग्यालरी
माण्डवी गाउँपालिकाले आ.व. २०८०/०८१ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को प्रथम चौमासिकमा सम्पादन गरेका कामको प्रभावकारिता तथा नागरिक सन्तुष्टि तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो । माण्डवी गाउँपालिकाको आयोजना तथा रेडियो माण्डवीको सहजीकरणमा गाउँपालिका सभाहल देवीस्थानमा सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरिएको हो ।
माण्डवी गाउँपालिका जस्पुर प्यूठानको गाउँसभाको १५ औं अधिवेशनको पहिलो बैठक आज देखि गाउँपालिकाको सभाहल जस्पुरमा शुरु भएको छ । गाउँसभामा गाउँपालिकाको शिक्षा नीति,शिक्षा नीती निर्माण प्राविधिक समिति संयोजक पूर्ण प्रसाद कालाथोकीले प्रस्तुत गर्नुएको थियो,यस्तै आर्थिक वर्ष ०७९/०८० सम्मको बेरुजू सम्परीक्षण सम्बन्धी प्रस्ताव सार्वजीक लेखा समितिका संयोजक दुर्गा प्रसाद आचार्यले प्रस्तुत गर्नु भएको थियो ।१४ औ गाउँसभावाट स्वीकृत भएका आयोजना तथा रकमान्तर बजेट संशोधन तथा बचत बजेटबाट नयाँ योजना स्वीकृत कार्यक्रम लगायतको विषयमा छलफल भएको छ । गाउँपालिका अध्यक्ष एव सभाका अध्यक्ष नमराज अधिकारीले संचालन गर्नु भ
"सुरक्षित मातृत्व हामी सबैको दायित्व, स्वास्थ्य संस्थामा हुने सुत्केरी दिगो बनाऊ सधैं भरी" भन्ने मूल नाराका साथ माण्डवी गाउँपालिका वडा नं.-१ तिरामलाई एक कार्यक्रम विच आज मिति २०८०/९/२७ गते पुर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गरिएको छ । यस सँगै माण्डवी गाउँपालिकाका संपूर्ण वडाहरू पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
"सुरक्षित मातृत्व हामी सबैको दायित्व, स्वास्थ्य संस्थामा हुने सुत्केरी दिगो बनाऊ सधैं भरी" भन्ने मूल नाराका साथ माण्डवी गाउँपालिका वडा नं.-५ रम्दीलाई एक कार्यक्रम विच आज मिति २०८०/९/२६ गते पुर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गरिएको छ ।
माण्डवी गाउँपालिकाको आयोजनामा मार्सिबाङ खेलकुद मैदानमा संचालित दोश्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता २०८० सम्पन्न भएको छ । यही पुस २४ गते बाट शुरु भएको उक्त प्रतियोगिताको आज २६ गते समापन गरिएको हो । माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी ज्यूको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य नारायण प्रसाद अधिकारी रहनु भएको थियो ।
"सुरक्षित मातृत्व हामी सबैको दायित्व, स्वास्थ्य संस्थामा हुने सुत्केरी दिगो बनाऊ सधैं भरी" भन्ने मूल नाराका साथ माण्डवी गाउँपालिका वडा नं.-३ नयाँगाउँलाई एक कार्यक्रम विच पुर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गरिएको छ ।
माण्डवी गाउँपालिकाको आयोजनामा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । माण्डवी गाउँपालिका अध्यक्ष श्री नमराज अधिकारी ज्यूको अध्यक्षतामा गाउँपालिकाको खेलकूद मैदान मार्सीबाङमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशका माननीय उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले उद्घाटन गर्नुभएको थियो।
"सुरक्षित मातृत्व हामी सबैको दायित्व, स्वास्थ्य संस्थामा हुने सुत्केरी दिगो बनाऊ सधैं भरी" भन्ने मूल नाराका साथ माण्डवी गाउँपालिका वडा नं.-४ उदयपुरकोटलाई एक कार्यक्रम विच पुर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गरिएको छ ।