समाचार
वडा नं १ तिरामलाई सुरक्षित मातृत्व सेवा युक्त वडा घोषण कार्यक्रम
"सुरक्षित मातृत्व हामी सबैको दायित्व, स्वास्थ्य संस्थामा हुने सुत्केरी दिगो बनाऊ सधैं भरी" भन्ने मूल नाराका साथ माण्डवी गाउँपालिका वडा नं.-१ तिरामलाई एक कार्यक्रम विच आज मिति २०८०/९/२७ गते पुर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गरिएको छ । यस सँगै माण्डवी गाउँपालिकाका संपूर्ण वडाहरू पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गर्ने कार्यक्रम सम्पन्न भएको छ ।