समाचार
दोश्रो राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता २०८० सम्पन्न
माण्डवी गाउँपालिकाको आयोजनामा मार्सिबाङ खेलकुद मैदानमा संचालित दोश्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता २०८० सम्पन्न भएको छ । यही पुस २४ गते बाट शुरु भएको उक्त प्रतियोगिताको आज २६ गते समापन गरिएको हो । माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी ज्यूको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य नारायण प्रसाद अधिकारी रहनु भएको थियो ।
प्रतियोगितामा १७ स्वर्ण,४ रजत र ३ कास्य सहित माण्डवी मा.वि नयाँगाउँ प्रथम भएको छ । त्यस्तै ६ स्वर्ण,११ रजत र ५ कास्य सहित गणेश मा.वि तिराम द्वितीय र ५ स्वर्ण,३ रजत र ६ कास्य सहित कामाक्षी मा.वि उदयपुरकोट तृतीय भएको छ । विजेता विद्यालय र खेलाडीहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रथम हुनेलाई रनिङ शिल्ड हस्तान्तरण गरिएको थियो । साथै खेल निर्णायक, स्वयंसेवकहरुलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यबाद ।