समाचार
माण्डवी गाउँपालिकाको गाउँ सभाको १५ औं अधिवेशन
माण्डवी गाउँपालिका जस्पुर प्यूठानको गाउँसभाको १५ औं अधिवेशनको पहिलो बैठक आज देखि गाउँपालिकाको सभाहल जस्पुरमा शुरु भएको छ । गाउँसभामा गाउँपालिकाको शिक्षा नीति,शिक्षा नीती निर्माण प्राविधिक समिति संयोजक पूर्ण प्रसाद कालाथोकीले प्रस्तुत गर्नुएको थियो,यस्तै आर्थिक वर्ष ०७९/०८० सम्मको बेरुजू सम्परीक्षण सम्बन्धी प्रस्ताव सार्वजीक लेखा समितिका संयोजक दुर्गा प्रसाद आचार्यले प्रस्तुत गर्नु भएको थियो ।१४ औ गाउँसभावाट स्वीकृत भएका आयोजना तथा रकमान्तर बजेट संशोधन तथा बचत बजेटबाट नयाँ योजना स्वीकृत कार्यक्रम लगायतको विषयमा छलफल भएको छ । गाउँपालिका अध्यक्ष एव सभाका अध्यक्ष नमराज अधिकारीले संचालन गर्नु भएको सभामा स्वागत मन्तव्य सभा सदस्य प्रकाश वलीले राख्नु भएको थियो । आज देखि शुरु भएको गाउँसभा १५ औ अधिवेशनको दोस्रो बैठक माघ २८ गते वस्नेछ । गाउँसभाको सहजिकरण सभा सचिव प्रकाश पाण्डेले गर्नु भएको थियो ।