माण्डवी गाउँपालिका प्यूठानको आयोजनामा जनप्रतिनिधिहरुलाई महिला अधिकार , लैङ्गिक हिंसा र घरेलु हिंसा सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । महिला अधिकारका लागि संविधान प्रदत्त अधिकार तथा कानुनमा भएका पछिल्ला परिवर्तन बारे जानकारी र समाज, सम्मानित जीवन परिवारभित्र सदभाव संवर्द्धन गरी हिंसा न्यूनीकरण गर्ने संयन्त्रको विकास गर्ने तथा समाजमा देखिने हिंसा न्यूनीकरणमा जनप्रतिनिधिहरुले खेल्नुपर्ने भूमिका सम्बन्धी विषयवस्तुहरू समेटिएर संचालन गरिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य लगायतको सहभागिता रहेको थियो ।
समाचार
ग्यालरी
माण्डवी गाउँपालिका प्यूठानको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत माण्डवी गाउँपालिका -१ तिराममा संचालित मिनरल ब्लक सहित बाख्रापालन तथा तरकारीखेती सम्बन्धि सीप बिकास तालिम आज सम्पन्न भएको । कृषि पेशालाई आधुनिकीकरण गरी व्यवसायिक एवम प्रतिष्पर्धात्मक बनाई कृषकको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले जेष्ठ २० देखि संचालन भएको तालिममा चन्द्र ज्योति लघु उद्मम र दिदिबहिनी लघु उद्यम समितिबाट १७ जना सहभागी रहनु भएको थियो । तालिम अवधि भरको सहजीकरण कृषि अधिकृत विदुशा आचार्य, ना.प.से.प्रा कौशल अधिकारी र ना.प्रा.स कुल बहादुर के.सी ले गर्नुभएको थियो । सहभागीहरूलाई प्रयोगात्मक वि
कक्षा १,२ र ३ मा अध्यापनरत शिक्षकहरुका लागि एकीकृत पाठ्यक्रम सम्वन्धी तालिम आज सम्पन्न भएको छ । जेष्ठ २१ देखी २३ गते सम्म संञ्चालन भएको उक्त तालिमको आज एक कार्यक्रमका वीच समापन गरिएको छ । माण्डवी गाउँपालिकाको आयोजनामा २६ वटा सामुदायिक विद्यालयका शिक्षकहरुका लागी एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम दिने उदेश्यले उक्त तालिमको आयोजना गरिएको थियो ।
माण्डवी गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत माण्डवी गाउँपालिका -२मर्काबाङ, रातापानीमा एक हप्ते व्यवसायिक टमाटर सस उत्पादन सम्बन्धि सीप विकास तालिम आज सम्पन्न भएको छ। वडा अध्यक्ष प्रकाश वलीको अध्यक्षता,गाउँपालिका अध्यक्ष नमराज अधिकारी-रोसन प्रमुख अतिथि र उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी विशिष्ट आतिथ्यतामा संचालन भएको कार्यक्रममा होटल व्यवसायी संघ माण्डवी गाउँपालिकाका अध्यक्ष तुल्सिराम केसी, कर्मचारी, जनप्रतिनिधी र सहभागीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा अध्यक्ष अधिकारीले माण्डवीका महिला उद्यमशीलतामा पहिला भन्ने अभियानलाइ सफल पार्न गाउँपालिका केन
माण्डवी गाउँपालिका प्यूठानले "महिलाको हक अधिकार : सबैको साझा सरोकार" भन्ने मूल नाराका साथ ५ औं राष्ट्रिय महिला अधिकार दिवस मनाएको छ ।
महिला अधिकारको क्षेत्रमा भएका विभिन्न चार उपलब्धिलाई आधार मानेर सरकारले हरेक वर्ष जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउने निर्णय गरेपछि २०७६ सालदेखि यो दिवस मनाउन लागिएको हो ।
माण्डवी गाउँपालिका, प्यूठानले आर्थिक वर्ष २०७९–०८० को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिका सभाहल देवीस्थानमा आईतबार उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा गाउँपालिकाले भए गरेका विभिन्न कामहरुका वारेमा नागरिकलाई जानकारी गराएको थियो । साथै ससहभागीहरूबाट सुझाव समेत संकलन गरिएको थियो ।
फूलबारी एकीकृत ग्रामीण विकास संस्था (FIRDO) नेपाल, प्यूठान, को आयोजना तथा माण्डवी गाउँपालिका, प्यूठान र स्वर्गद्धारी नगरपालिका, प्यूठानको सहकार्य र प्रशिक्षक द्वय
रमेश कुमार अधिकार र केशव आचार्यको सहजीकरणमा कोभिड -१९ बाट प्रभावित संकाटासन्न व्यक्तिहरूको आर्थिक उत्थानशीलता प्रवर्द्धन परियोजना अन्तर्गत दुई पालिकाका जनप्रतिनिधी र कर्मचारीहरूका लागि लैंगिक उत्तरदायी बजेट निर्माण सम्बन्धी २ (वैशाख १५ र १६) दिने कार्यशाला गोष्ठी, होटल पौवा भालुबाङमा सम्पन्न ।
माण्डवी गाउँपालिका, प्यूठानको आयोजनामा महिला सहकारी संस्थाका सदस्यहरूलाई प्रस्तावना लेखन सम्बन्धी ३ दिने तालिम बिहीबार सम्पन्न भएको छ ।
आज विश्व औँलो दिवस ।"शून्य औंलो अबको थालनी नवीनतम कार्य, कार्यान्वयनमा लगानी" भन्ने नाराका साथ माण्डवी गाउँपालिका, प्यूठानले विश्व औँलो दिवस २०८० को अवसरमा किटजन्य रोग सम्बन्धी अन्तर्क्रिया कार्यक्रम देवीस्थान स्वास्थ्य चौकीको सभाहलमा आयोजना गरी मनाएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतमा संचालन भएको कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, वडा नं ३ का वडा अध्यक्ष धनेन्द्र कार्की, स्वास्थ्य संस्था , स्वास्थ्य क्षेत्रमा काम गर्ने सङ्घ–सस्था, स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी, सुरक्षा निकाय, जनप्रतिनिधी, शिक्षक तथा कर्मचारीहरु लगायत अन्य सरोकारवाला