समाचार
माण्डवी गाउँपालिकाको विपद् प्रतिकार्य, पूर्वतयारी र आर्थिक पुनर्लाभ मस्यौदा छलफल
माण्डवी गाउँपालिका प्यूठानको आयोजना तथा फूलबारी एकीकृत ग्रामीण विकास संस्था (FIRDO) नेपाल, प्यूठान अन्तर्गत संचालित कोभिड -१९ बाट प्रभावित संकाटासन्न व्यक्तिहरूको आर्थिक उत्थानशीलता प्रवर्द्धन परियोजनाको सहकार्यमा माण्डवी गाउँपालिका विपद् प्रतिकार्य, पूर्वतयारी तथा आर्थिक पुनरलाभ मस्यौदा छलफल कार्यशाला गोष्ठी सम्पन्न भएको छ । विपद् पूर्व तयारी सम्बन्धी क्रियाकलापहरुलाई संगठित, व्यवस्थित बनाई प्रभावकारी प्रतिकार्य मार्फत संभावित क्षती, नोक्सानी न्यूनीकरण गर्नुका साथै प्रभावितको खोज तथा उद्धार गरी स्थानीय श्रोत साधनको अधिकतम उपयोगद्वारा प्रभावित समुदायलाई व्यवस्थित, प्रभावकारी र जवाफदेही युक्त मानवीय सहयोग उपलब्ध गराउन तथा विपदमा परेका व्यक्तिहरूलाई आर्थिक पुनर्लाभका लागि योजना निर्माण गर्न लागिएको हो ।