समाचार
एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
कक्षा १,२ र ३ मा अध्यापनरत शिक्षकहरुका लागि एकीकृत पाठ्यक्रम सम्वन्धी तालिम आज सम्पन्न भएको छ । जेष्ठ २१ देखी २३ गते सम्म संञ्चालन भएको उक्त तालिमको आज एक कार्यक्रमका वीच समापन गरिएको छ । माण्डवी गाउँपालिकाको आयोजनामा २६ वटा सामुदायिक विद्यालयका शिक्षकहरुका लागी एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम दिने उदेश्यले उक्त तालिमको आयोजना गरिएको थियो ।
माण्डवी गाउँपालिका भित्रका २६ जना शिक्षकहरुलाई एकीकृत पाठ्यक्रममा आधारित रहेर अध्यापन गराउने, बालबालिकाको पढाईप्रति लगाव बढाउने, उनीहरुमा पढ्ने बानीको विकास गर्ने, ग्रेटसिट निर्माण गर्ने लगाएतका विभिन्न विषयहरुमा सक्षम बनाउनका लागी तालिमको आयोजना गरिएको र तालिम अवधिभर प्रशिक्षक टीकानाथ योगीले प्रशिक्षण दिनुभएको थियो ।