आज मि ति २०७९ साल जेठ २७ गतेका दिन माण्डवी गाउँपालिकाको आयोजनामा आ.ब २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट निर्माण सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।माण्डवी गाउँपालिकाका अध्यक्ष श्री नमराज अधिकारी ज्यूको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरु, गाउँपालिकामा क्रियाशील राजनैतिक दल, पूर्व निर्वाचित पदाधिकारी, गाउँपालिका क्षेत्रभित्र रहेका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि. सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, बि.व्य.स, विद्यालयका प्र.अ.
समाचार
ग्यालरी
माण्डवी गाउँपालिकाले चौथो राष्ट्रिय महिला अधिकार दिवस ‘महिलाको सम्मान: सभ्य समाजको पहिचान ’ भन्ने नाराका साथ शुभकामना आदान-प्रदान एवं महिला सहकारी स्तरीय हाजिर जवाफ प्रतियोगिता गरि मनाएको छ । उक्त हाजिर जवाफ प्रतियोगितामा भुवनेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड नयागाउँले प्रथम स्थान , एकता महिला बहुउदेशिया सहकारी संस्था लिमिटेड रम्दीले द्वितीय स्थान र उन्नति महिला बहुउदेशिया सहकारी संस्था लिमिटेड मर्कावाङ्गले तृतीय स्थान हासिल गरेको छ ।
राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । माण्डवी गाउँपालिकाले १५ औं गणतन्त्र दिवस राष्ट्र, राष्ट्रियता, सम्प्रभुता, स्वतन्त्रता, समानता, राष्ट्रिय एकता, अखण्डता, लोकतन्त्र एवं मानवअधिकारका स्थापनाको लागि पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान शहीदहरूलाई सम्मान गरी मनाएको छ । माण्डवी गाउँपालिकाको सभाहलमा सञ्चालन भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, शहीद परिवार, कर्मचारी लगायत अन्य राजनैतिक दलका प्रतिनिधिहर
माण्डवी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन मिति २०७८-१२-२१ गते लुम्बिनी प्रदेशका संस्थापक पूर्व मुख्यमन्त्री माननीय संकर पोख्रेल ज्यू बाट समुद्घाटन भएको छ ।
माण्डवी गाउँपालिकाले आ.व. २०७७/०७८ को तेश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा सम्पादन गरेका कामको प्रभावकारिता तथा नागरिक सन्तुष्टि तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो । गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पारदर्शिता सुनिश्चित गर्नका लागि गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्दै आइरहेको छ ।
माण्डवी गाउँपालिका द्वारा आ. व २०७७/०७८ मा संचालित योजना तथा कार्यक्रमको वार्षिक समिक्षा कार्यक्रम २०७८/०५/३१ गते बिहीबारको दिन गाउँपालिका सभाहल देवीस्थान सम्पन्न गरिएको छ । गाउँसभा सदस्य, गाउँ कार्यपालिका कर्मचारीहरु, वडा कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोका ज्यूले गर्नुभएको थियो । विभिन्न विषयगत शाखा प्रमुखहरूबाट आ.व. २०७७/०७८ मा संचालित योजना तथा कार्यक्रमहरुकाे प्रगति प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजाल ज्यूको सञ्चालनमा सम्पन्न भएको थियो ।