FAQs Complain Problems

समाचार

ग्यालरी

माण्डवी गाउँपालिका, प्यूठानले संविधान दिवसको अवसर पारेर कार्यालय परिसर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । घरायसी सरसफाई साथै बातावरणीय सरसफाईमा सबैको ध्यान पुगोस भन्नका लागि सरसफाई कार्यक्रम आयोजना गरिएको हो । संविधान दिवस, २०७९ को अवसरमा संविधान दिवस २०७९ मुल समारोह समितिको निर्णय अनुसार यही असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम गरी मनाउन लागिएकोले माण्डवी गाँउपालिकाबाट संचालन हुने कार्यक्रम तथा जनस्तरमा हुने कार्यक्रममा सक्रिय सहभागीताको लागी माण्डवी गाँउपालिकावासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ ।

मिति: 09/18/2022 - 22:24
, , , , , , , , ,

माण्डवी गाउँपालिकाले ५६ औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस एक विशेष कार्यक्रमका वीच मनाएको छ । माण्डवी गाउँपालिका वडा नम्बर ५ स्थित ज्योति प्राथमिक विद्यालयमा शिक्षा दिवस मनाएको हो । गाउँपालिकाले आयोजना गरेको “सिकाई क्षेत्रमा रुपान्तरको लागि सिकाईको भूमिका” विषयमा माद्यामिक तह वक्तृत्वकला प्रतियोगिता , हिसाब दौड प्रतियोगिता , चित्रकला प्रतियोगीता कार्यक्रमहरु आयोजना गरिएको थियो।

मिति: 09/15/2022 - 11:42
, , , , , ,

आज मि ति २०७९ साल जेठ २७ गतेका दिन माण्डवी गाउँपालिकाको आयोजनामा आ.ब २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट निर्माण सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।माण्डवी गाउँपालिकाका अध्यक्ष श्री नमराज अधिकारी ज्यूको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरु, गाउँपालिकामा क्रियाशील राजनैतिक दल, पूर्व निर्वाचित पदाधिकारी, गाउँपालिका क्षेत्रभित्र रहेका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि. सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, बि.व्य.स, विद्यालयका प्र.अ.

मिति: 06/10/2022 - 22:07
,

माण्डवी गाउँपालिकाले चौथो राष्ट्रिय महिला अधिकार दिवस ‘महिलाको सम्मान: सभ्य समाजको पहिचान ’ भन्ने नाराका साथ शुभकामना आदान-प्रदान एवं महिला सहकारी स्तरीय हाजिर जवाफ प्रतियोगिता गरि मनाएको छ । उक्त हाजिर जवाफ प्रतियोगितामा भुवनेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड नयागाउँले प्रथम स्थान , एकता महिला बहुउदेशिया सहकारी संस्था लिमिटेड रम्दीले द्वितीय स्थान र उन्नति महिला बहुउदेशिया सहकारी संस्था लिमिटेड मर्कावाङ्गले तृतीय स्थान हासिल गरेको छ ।

मिति: 05/30/2022 - 19:27
, , , ,

राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । माण्डवी गाउँपालिकाले १५ औं गणतन्त्र दिवस राष्ट्र, राष्ट्रियता, सम्प्रभुता, स्वतन्त्रता, समानता, राष्ट्रिय एकता, अखण्डता, लोकतन्त्र एवं मानवअधिकारका स्थापनाको लागि पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान शहीदहरूलाई सम्मान गरी मनाएको छ । माण्डवी गाउँपालिकाको सभाहलमा सञ्चालन भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, शहीद परिवार, कर्मचारी लगायत अन्य राजनैतिक दलका प्रतिनिधिहर

मिति: 05/30/2022 - 19:00
, , , , , ,

Pages

//