समाचार
FIRDO NEPAL PERCAV परियोजना द्वारा विपद् सामग्री प्रदान
माण्डवी गाउँपालिका प्यूठानमा संचालित साझेदार संस्था फूलबारी एकीकृत ग्रामीण विकास संस्था FIRDO NEPAL PERCAV परियोजनाद्वारा माण्डवी गाउँपालिकालाई विपद् प्रतिकार्य सामग्री प्रदान गरेको छ ।
संस्थाले बुधबार गाउँपालिकालाई विपद्का लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री लाइफ ज्याकेट, रेस्क्यु रोप, फायर एक्स्टीङगुइसर, फायर प्रुफ गम्वुट, बेल्चा, सावेल, हेलमेट, स्टेचर, सेफ्टी बेल्ट लगायतका २१ प्रकारका विपद् प्रतिकार्य सामग्री संस्थाका जिल्ला संयोजक मनिज विक्रम सिंह द्वारा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो । विपद् प्रतिकार्य सामग्रीको अभावमा विपद्का बेला गाउँपालिकालाई कार्य गर्न समस्या नहोस् भने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको हो ।
सामग्री वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे , गाउँपालिका कर्मचारी, संस्थाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
सहयोग प्रति गाउँपालिका परिवार संस्थालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । आगामी दिनहरुमा यस किसिमको सहयोग अपेक्षा गर्दै संस्थाको सदै उज्ज्वल भविष्यको कामना गर्दछौ ।