समाचार
कर्मचारी बैठक तथा फेरि भेटौला कार्यक्रम
माण्डवी गाउँपालिका प्यूठानका प्रमुख प्रशासकीय अधिकृत श्री प्रकाश पाण्डे ज्यूको अध्यक्षतामा माण्डवी गाउँपालिकामा कार्यरत कर्मचारीहरुको बैठक सम्पन्न भएको छ। बैठकमा विषयगत शाखा प्रमुख, प्राविधिक कर्मचारी,वडा सचिव ,स्वास्थ्य प्रमुख लगाएत कर्मचारीको उपस्थित थियो । कर्मचारीहरुले बैठकमा शाखा र वडा कार्यालयबाट आर्थिक वर्ष २०८०/०८१ को हालसम्म सम्मको एकमुष्ट प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
साथै माण्डवी गाउँपालिका कृषि विकास शाखामा कार्यरत कृषि अधिकृत श्री विदुशा आचार्यको फेरि भेटौला कार्यक्रम मार्फत विदाई र कृषि स्नातक प्राविधि श्री सनत के.सीलाई स्वागत समेत गरिएको छ ।