समाचार
३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस कार्यक्रम
माण्डवी गाउँपालिकाले आज "दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता" भन्ने मूल नाराका साथ ३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अभिमुखकरण, छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ ।
संयुक्त राष्ट्र संघले ३ डिसेम्बरलाई विश्व अपाङ्गता दिवस घोषणा गरे अनुसार हरेक वर्ष विश्वभर अपाङ्गता दिवस मनाउँदै आएको छ ।