समाचार
एकीकृत घुम्ती शिविर दोश्रो दिन
माण्डवी गाउँपालिका प्युठानको आयोजनामा आइतबारदेखि देखि सेवा प्रबाह सम्बन्धि एकिकृत घुम्ती शिविर शुरु भएको छ । शिविरको दोस्रो दिन माण्डवी गाउँपालिका -२ मर्काबाङको गणेश आ.वि ढिकावङमा सन्चालन भएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसनले ब्यानर पढेर शिविरको उदघाटन गर्नु भएको थियो,उदघाटन मन्तव्य राख्दै प्रमुख अतिथि अधिकारीले स्थानीय सरकारले जनताको सेवाका लागि पालिका भित्र हरेक बस्तीमा गयर सेबा दिने भन्दै, सरकारको ध्यान सेवामा पहुच नपुगे का क्षेत्र र जनताको पक्षमा रहेको बताउनु भयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकिले यो शिविर संचालनले जनताको लागि भयको र धेरैजनाले शिबिरबाट सेबामा लाभ लिनेमा आफू बिश्वास रहेको बताउनु भयो । वडा नं.२ का अध्यक्ष प्रकाश वलिकाे अध्यक्षतामा भएको कार्यक्रममा माण्डवी गाउँपालिका स्वास्थ प्रमुख ध्रुब पोख्रेलले संचालन गर्नु भएको थियो भने,उदघाटन कार्यक्रममा शिविरको आबस्यकता र महत्त्वका बारेमा सहजीकरण माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले गर्नु भएको थियो । शिविरवाट,पशुसेबा तर्फ ७० जना,माटाे परिक्षण नमुना संकलन ४४ जना र स्वास्थ्य सेबा तर्फ ११८जना लगायतले शिबिर वाट विभिन्न सेबाहरु प्राप्त गरेका छ्न । स्वास्थ्य परिक्षण डा.सुप्रिम वन्जाडे सहितको टाेलीले गरेको छ भने शिविरमा स्वास्थ्य,पशु,कृषि,जेष्ठ नागरिक,अपांग परिचयपत्र,ब्यक्तिगत घटना तथा ब्यवसाय दर्ता लगायत गाउँपालिकाबाट दिइने सेबाहरु दिइएको छ । शिविरमा वडा नं.१का अध्यक्ष वाम बहादुर बुढा, जनप्रतिनिधि, कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । मंगलवार कृष्ण आ.वि माण्डवी-३ मार्सिबाङ नयागाउमा संचालन हुनेछ ।