समाचार
उन्नत ग्रामीण सडक निर्माण मस्यौदा निर्देशिका र पहिरो वर्गीकरण तथा जोखिम न्यूनीकरण सहयोगि पुस्तिका सम्वन्धी १ दिने कार्यशाला
माण्डवी गाउँपालिकाकाे समन्वय र सहकार्य तथा युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित प्रतिबद्ध तेस्राे परियाेजनाकाे सहजिकरणमा अध्यक्ष श्री नमराज अधिकारीकाे अध्यक्षता उन्नत ग्रामीण सडक निर्माण मस्यौदा निर्देशिका र पहिरो वर्गीकरण तथा जोखिम न्यूनीकरण सहयोगि पुस्तिका सम्वन्धी १ दिने कार्यशाला सम्पन्न भएको छ ।
उपाध्यक्ष पुर्ण प्रसाद कालाथाेकी, प्रमुख प्रशासकिय अधिकृत भिमकान्त भण्डारी , वडा अध्यक्ष लगायत गाउँपालिकामा कार्यरत इन्जिनियर सहित सम्पुर्ण प्राविधिकहरुको सहभागिता रहेको कार्यशालाको सहजीकरण स्कट विल्सन नेपालका वरिष्ठ कार्यक्रम व्यवस्थापक सन्तोष पन्थी र प्राविधिक संयोजक सुशान्त नेपालले गर्नु भएको थियो।
कार्यक्रममा ३ जना महिला र २० जना पुरुष गरि जम्मा २३ जनाको सहभागिता रहेको थियो।जसमा उन्नत ग्रामिण सडक निर्माण निर्देशिका र पहिराे बर्गिकरण तथा जाेखिम न्युनिकरण सहयाेगी पुस्तिका अध्यन गरि स्विकृती को लागि गाउँ कार्यपालिकामा पेस गर्ने निर्णय समेत गरिएकाे छ । People in Need Nepal Community Self Reliance Centre (CSRC) Csrc Nepal