समाचार
आ.व २०७७/०७८ को वार्षिक बजेट तथा कार्यक्रम
माण्डवी गाउँपालिकाको आठौ गाउँसभा मार्फत आ.व २०७७/०७८ को लागि रु.३७ करोड ९७ लाख ७१ हजार ९ सय ८० रुपैया बजेट सभामा पेश गरी पारित भएको छ | गाउँपालिकाले यस वर्ष पुँजिगत तर्फ ११ करोड १४ लाख ४८ हजार (३० प्रतिशत) र चालु तर्फ शिक्षा र स्वास्थ्यको तलब भत्ता, कार्यक्रम सहित २६ करोड ८३ लाख २३ हजार ९ सय ८० (७० प्रतिशत) गरी कुल जम्मा रु. ३७ करोड ९७ लाख ७१ हजार ९ सय ८० रुपैयाको बजेट पेश गरेको थियो | यस बर्ष माण्डवी गाउँपालिकाले सामाजिक विकास,स्वास्थ्य र शिक्षा,आर्थिक विकास,कृषि उत्पादन र रोजगारी,वन, वातावरण तथा विपद व्यवस्थापन,संस्थागत विकास र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । माण्डवी अध्यक्ष श्रीधर रोका ज्युको सभा अध्यक्षतामा गाउँसभा सम्पन्न भएको थियो । सभामा उपाध्यक्ष मुगा पुनले आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्नु भएको थियो भने सभाको सहजीकरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजालले गर्नु भएको थियो ।