समाचार
आ.व. २०७७/०७८ को वार्षिक समिक्षा कार्यक्रम
माण्डवी गाउँपालिका द्वारा आ. व २०७७/०७८ मा संचालित योजना तथा कार्यक्रमको वार्षिक समिक्षा कार्यक्रम २०७८/०५/३१ गते बिहीबारको दिन गाउँपालिका सभाहल देवीस्थान सम्पन्न गरिएको छ । गाउँसभा सदस्य, गाउँ कार्यपालिका कर्मचारीहरु, वडा कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोका ज्यूले गर्नुभएको थियो । विभिन्न विषयगत शाखा प्रमुखहरूबाट आ.व. २०७७/०७८ मा संचालित योजना तथा कार्यक्रमहरुकाे प्रगति प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजाल ज्यूको सञ्चालनमा सम्पन्न भएको थियो ।