FAQs Complain Problems

एकिकृत सम्पत्ति कर संकलन प्रणाली सफ्टवेयर सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रम

माण्डवी गाउँपालिका नयाँगाउँ,प्युठानको आयोजनामा एकीकृत कर संकलन प्रणाली (IPT) सफ्टवेयर सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रम मिति २०७५ असार ८ र ९ गते झिमरुक एकीकृत विकास केन्द्र (JIDCO) को हल नयाँगाउँ दारिमचौरमा सम्पन्न भएको छ |सफ्टेक इन्फोसिस प्रा.लि का बजार विकास प्रमुख त्रिभुवन शर्मा प्रमुख प्रशिक्षक को रुपमा रहनुभएको उक्त कार्यक्रममा माण्डवी गाउँपालिका र अन्तर्गत ५ वटै वडाका कर्मचारीहरुको उपस्थिति रहेको थियो |

नेपालको संविधानले स्थानीय तहलाई प्रदान गरेको राजस्व अधिकारमध्ये सम्पत्ती कर , भुमिकर(मालपोत) र मालपोत असुली एकल अधिकारको सुचिमा रहेका छ | सोहि व्यवस्थाको आधारमा स्थानीय सरकार संचालन ऐन २०७४ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र एकीकृत सम्पति कर र घर जग्गा कर लगाउन सक्ने व्यवस्था भएतापनि २०७५ श्रावण १ गते देखि एकीकृत सम्पत्ति कर मात्र लगाउन सक्ने व्यवस्था गरिएको छ | सोहि ऐनले एकीकृत सम्पत्ति कर भन्नाले स्थानीय तहको क्षेत्र भित्रको कुनै व्यक्तिको स्वामित्वमा रहेको सम्पूर्ण घर र जग्गाको एकीकृत रुपमा हिसाब गरि लगाइने सम्पत्ति कारलाई जनाउछ भनि व्याख्या गर्नुका साथै एकीकृत सम्पत्ति कर लगाएको अवस्थामा भूमिकर(मालपोत ) नलगाउने व्यवस्था गरेको छ |

विगतमा नयाँ नगरपालिका गठन भए पश्चात कायम भएका २१७ नगरपालिका मध्ये ५० भन्दा बढी नगरपालिकाले यो कर प्रारम्भ गरिसकेका छन l हालको सथानीय सरकार संचालन ऐनले गाउँपालिकाहरुले पनि एकीकृत साम्पति कर लिने सक्ने व्यवस्था गरेकोले यसको दायरा बढेको छ | उल्लेखित व्यवस्थाले गर्दा सम्पत्ती कर लागु गर्न चाहने सथानीय तहहरुले एकीकृत सम्पत्ति कर नै लागु गर्नु पर्ने हुनाले सोहि व्यवस्थालाई मध्यनजर गर्दै माण्डवी गाउँपालिका प्युठानले एकीकृत सम्पत्ति कर लाई व्यवस्थित तरिकाले लागु गर्न सफ्टेक इन्फोसिस प्रा. लि संग सम्झौता गरि एकीकृत कर संकलन प्रणाली सफ्टवेयर सम्बन्धि प्रशिक्षण कार्यक्रम संचालन गरेको माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले बताउनु भयो | अब माण्डवी गाउँपालिकाले पनि आउदो श्रावण १ देखि एकीकृत सम्पत्ति कर संकलन प्रणाली सफ्टवेयर बाट गर्नेछ | अहिले घरजग्गा, व्यवसायको सम्पुर्ण विवरण सफ्टवेयरमा इन्ट्री गर्ने काम भैराखेको छ | सो सफ्टवेयरमा करदाताको विवरण भरि करदाताले तिर्न चाहेको सम्पत्तिको प्रकृति अनुसार मुल्य निर्धारण गरि कर अशुल गरिनेछ | जसले गर्दा काममा पारदर्शित हुनुका साथै करदातालाई भनेको समयमै सेवा दिन सकिने विश्वास लिईएछ | एकीकृत सम्पत्ति कर संकलन प्रणालीलाई घर दैलो अभियानकै रुपमा कार्यक्रम गर्नु पर्ने भएकोले सबैतहले आ-आफ्नो ठाउँ बाट सहयोग गरौ | समयमै कर तिर्ने बानि बसाली सभ्य नागरिक बनौ l गाउँपालिकलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे कुनै पनि सेवा सुविधा उपलब्ध गराउन कार्यालय बाध्य हुने छैन |

आर्थिक वर्ष: