समाचार
किसान सूचीकरण कार्यक्रम सबन्धि जनप्रतिनिधि, कर्मचारी, सहजकर्ता तथा अन्य सरोकारवालाहरु बीच १ दिने अभिमुखीकरण कार्यक्रम
माण्डवी गाउँपालिका, प्यूठानको आयोजना र लुम्बिनी प्रदेश सरकार कृषि तथा भुमी व्यवस्था मन्त्रालयको प्राविधिक सहयोगमा माण्डवी गाउँपालिको आ.व २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम किसान सूचीकरण कार्यक्रम संचालनार्थ जनप्रतिनिधि, कर्मचारी, सहजकर्ता तथा अन्य सरोकारवालाहरु बीच १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालीका अध्यक्ष नमराज अधिकारी ज्यू को अध्यक्षतामा संचालन भएको कार्यक्रममा उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी , प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे , वडा अध्यक्षहरु, कर्मचारी, सहजकर्ता र सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण लुम्बिनी प्रदेश सरकार कृषि तथा भूमी व्यवस्था मन्त्रालयका कृषि अर्थ विज्ञ अनुप तिवारीले गर्नुभएको थियो भने कार्यक्रम संचालन जनस्वास्थ्य निरिक्षक ध्रुब पोख्रेलेले गर्नुभएको थियो ।
चालु आ.व.०७९/८० मा पालिका भित्रका तिन वटा वडाका कृषक परिवारलाई सूचीकरण प्रणालीमा आवद्व गर्ने कार्यक्रम रहेको छ । सूचीकरण प्रणालीमा आवद्व किसानलाई परिचय पत्र समेत वितरण गर्ने गाउँपालीकाको लक्ष्य रहेको छ
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानका सूचना, विवरणहरु एकीकृतरुपमा व्यवस्थापन गरी किसानलाई पहिचान गर्ने र राज्यबाट किसानलाई उपलब्ध हुने सेवा, सुविधा तथा विकास योजनासँग आबद्ध गर्न सो प्रणाली शुरु गरेको हो ।