FAQs Complain Problems

जनप्रतिनिधी तथा कर्मचारीहरुका लागि चालु आ.व.को समिक्षा र आगामी आ.व. को योजना तर्जुमा सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम

माण्डवी गाउँपालिका, प्युठानले आर्थिक वर्ष समाप्तिको पुर्व सन्ध्यामा यस आ.व मा गरेका कार्यप्रगतिहरुको  समिक्षा र आ.व ०७५/७६ मा  संचालन  गर्ने  गतिविधिहरुको रणनीति तथा योजना निर्माण गर्ने उद्देश्यले शनिबार माण्डवी गाउँपालिका वडा नं. ३ स्थित बुटवल पावर कम्पनिको हलमा जनप्रतिनिधि तथा कर्मचारीहरुको संयुक्त उपस्थितिमा बार्षिक कार्यक्रम समिक्षा तथा योजना तर्जुमा सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ | माण्डवी गाउँपालिकाका प्रमुख  श्रीधर रोकाले उद्घाटन गर्नुभएको सो अन्तरक्रिया  कार्यक्रममा ५ वटा वडा कार्यालयहरुको प्रगति, त्यस क्षेत्रमा अहिले सम्म कार्य सम्पन्न भएका योजना तथा आयोजनाहरु र सम्पन्न हुन बाँकि योजना तथा आयोजनाहरु साथै भावी कार्यदिशाको बारेमा वडा अध्यक्षहरुले आ-आफ्ना भनाईहरु राखेका थिए | त्यस्तै कार्यक्रममा यस आर्थिक  वर्षमा  संचालन गरिएका वार्षिक विकास निर्माणका योजना तथा कार्यक्रमका साथै कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहका विषयमा सहभागीहरुका बिच  विचार  विमर्श एवं सुझाव आदान प्रदान भएको थियो |

यस आ.वमा  संचालन गरिएका योजना तथा कार्यक्रमहरुको समग्र  संचालनका विषयका सम्बन्धमा  सहभागीहरुका तर्फबाट सुझाव तथा पृष्ठपोषण लिई आगामी दिनमा योजना तथा कार्यक्रमको गुणस्तरीयता र सेवा प्रभावकारितामा  थप वृद्धि गर्नु उक्त कार्यक्रमको उद्देश्य रहेको थियो  |

साथै कार्यक्रममा माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण पौडेलले स्थानीय तहको वार्षिक योजना र बजेट तर्जुमाको बारेमा प्रस्ट्याउदै आउदो आ.व. देखि वजेटको सिमा निर्धारण गर्दा  विषयगत क्षेत्रहरु निर्धारण गर्नु पर्ने र आयोजना प्राथमिकीकरणका आधारहरु तथा प्राथमिकता निर्धारणका मापदण्डका आधारमा योजनाहरुको  छनौट हुने  र जसले गर्दा  योजना छनौटमा द्विविधा नहुने कुरा राख्नुभयो | संचालित कार्यक्रममा  ४ समूह विभाजन गरि वडा सचिवहरुले  आ-आफ्नो प्रस्तुतीकरण राखेका थिए|  सहभागीहरुबाट आएका गुनासाहरुको सम्बोधन गर्दै योजना  तथा कार्यक्रमहरुको  प्राथमिकता निर्धारणका आधारमा योजना छनौट गरि सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउनकालागि सबैले आ-आफ्नो क्षेत्रबाट पहल गर्ने निष्कर्षका साथ कार्यक्रमको अन्त्यमा उक्त कार्यक्रमका अध्यक्ष एवं गाउँपालिका प्रमुख श्रीधर रोकाले धन्यवाद ज्ञापन गरि कार्यक्रमको समापन गरिएको थियो |

 

आर्थिक वर्ष: