समाचार
पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम
माण्डवी गाउँपालिका जस्पुर प्यूठानले २०८१/०२/०८ गतेको दिन माण्डवी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम देविस्थान सभाहलमा सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारी 'रोसन'को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसी रहनु भएको थियो । घोषणा कार्यक्रमा प्रमुख अतिथि जि.सि.ले घोषणा संगै दिगोपन कार्यान्वय र सुनिश्चितता निरन्तर हुनपर्ने बताउनु भयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी,स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डे,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले सफता संगै दिगोपनका लागि सबै पक्ष लाग्नु पर्ने बताउनु भयो । माण्डवी गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी नारायण जिसीले संचालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य सहित प्रतिवेदन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव पोख्रेलले राख्नु भएको थियो । घोषणा कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविका,स्वास्थ्य आमा समुह,नियमित खोप अभियानमा सहभागी र स्वास्थ्य चौकिलाई प्रमाण प्रदान दिइएको थियो । वडा नं १.का वडा अध्यक्ष बाम बहादुर वुढा,२.नं का वडा अध्यक्ष प्रकाश वलि,३.नं का वडा अध्यक्ष धनेन्द्र कार्कि,४नं.का वडा अध्यक्ष डिल बहादुर घर्ति,कार्यापालिका सदस्यहरु,कर्मचारी र स्वास्थ्य संग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला खोप समन्वय समितिले पालिकालाई पुर्ण खोप घोषणा प्रमाणपत्र दिनुका साथै अपाङ्गता भएका ब्यक्तिलाइ साहेता सामग्री समेत वितरण गरिएको थियो ।