समाचार
प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे ज्यूको फेरी भेटौला कार्यक्रम
माण्डवी गाउँ कार्यपालिकाको कार्यालयमा प्रमुख प्रशासकिय अधिकृत पदमा रहनुभएका श्री प्रकाश पाण्डे ज्यू गाउँपालिकामा २ वर्ष ७ दिन सम्मको बसाइको क्रममा बनेको हार्दिकता र सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउदै कुशल कार्यालय प्रमुखको भूमिका निर्वाह गरी गृह मन्त्रालयमा सरुवा हुनुभएकोमा माण्डवी गाउँपालिकाले आज गरेको फेरी भेटौला तथा धन्यवाद ज्ञापन कार्यक्रम मार्फत उहाँले पदमा रही आफ्नो अनुभव, विज्ञता तथा काम प्रतिको लगनशिलता र सेवाग्राही मैत्री कार्य संस्कृतिका कारण यस कार्यालय बाट हुने सार्बजनिक सेवा लाई प्रभावकारी बनाउन पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन र सम्मान व्यक्त गर्दै नेपालको निजामती प्रशासन क्षेत्रमा तपाइँको उपस्थिति अझै अब्बल र सफल रहोस । माण्डवी गाउँपालिका परिवार आगामी दिनमा यहाँको उत्तरोत्तर प्रगतिको साथै सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछ |