समाचार
बिपन्न घर परिवारको लागि खाद्य सामाग्री बितरण
विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरलका कारण नेपाल सरकारले नेपाल भर लकडाउन गरेको हुँदा नेपालमा दैनिक रुपमा ज्याला मजदुरी गरि खाने अति बिपन्न घर परिवारको लागि खाद्य सामाग्री बितरण गर्ने भनी माण्डवी गाउँपालिका जस्पुर प्यूठान को मिति २०७६/१२/१४ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार यस माण्डवी गा पा ३ न. वडा बस्ने २५ घर परिवारलाई ३७.५ किलो चामल ,३ किलो दाल,१किलो नुन १लिटर तेल वितरण गरिएको छ ।