FAQs Complain Problems

महिला सहकारी संस्थाका व्यवस्थापक र महिला विकास समितिका सचिव हरुलाई लेखा व्यवस्थापन तालिम

माण्डवी गाउँपालिका प्युठानको आयोजनामा   महिला सहकारी संस्थाका व्यवस्थापक र महिला विकास समितिका सचिवहरुलागि ५ दिने  लेखा व्यवस्थापन तालिम सम्पन्न  भएको छ | जेष्ठ १६  गतेदेखि २० गतेसम्म सञ्चालन भएको तालिममा विभिन्न विषयगत सहकारी संस्था र महिला विकास समितिका सचिवहरुको सहभागिता रहेको थियो ।सहकारी संघ संस्थाहरुको लेखा व्यवस्थापनलाई बैज्ञानिक र समय सान्दर्भिक बनाउन संस्थाहरुको लेखा प्रणालीमा एकरुपता कायम गर्ने उद्धेश्यले तालिम संचालन गरेको माण्डवी गाउँपालिकाका सहायक महिला विकास निरिक्षक शान्ता शर्माले जानकारी दिनुभयो  ।

प्रशिक्षक द्वय ओमभक्त पण्डित  र प्रकास बैद्यले  तालिममा लेखाको परिभाषा, उद्धेश्य, कार्य र महत्व, लेखा प्रणाली, खाता व्यवस्थापन, भौचर प्रविष्ठी, सहकारीको मासिक आर्थिक प्रतिवेदन निर्माण, अन्तिम खाता व्यवस्थापन, कर व्यवस्थापन, सम्पत्ति विवरण, ह्रास विवरण, लेखापरीक्षण प्रतिवेदन  लगायतका विषयहरु समावेस गरि  प्रशिक्षण दिनुएको  थियो  ।

तालिम समापनको अवसरमा बोल्दै माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले संस्थाहरुको लेखा प्रणालीमा एकरुपता कायम गर्नका लागि लेखा तालिम केन्द्रित गरिएको भन्दै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो । तालिममा सहभागी प्रशिक्षार्थीहरुले तालिमबाट आफूले संस्थाको हिसाबकिताबहरु सही ढंगबाट राख्न प्रेरित गरेको र संस्थाको आन्तरिक लेखा परीक्षणको लागि सहयोग पुग्ने बताएका छन् । सहभागीहरुले सहकारी संस्थाहरुमा लेखासम्बन्धी ज्ञानको अभावमा पनि संस्थाहरुमा समस्या देखिने भएकाले यस प्रकारका तालिमहरु समय समयमा अन्य संस्थाहरुमा समेत गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

आर्थिक वर्ष: