समाचार
माण्डवी गाउँपालिकाका सम्पूर्ण वडाहरुबाट अनलाइन घटना दर्ता VERSP-MIS शुरु
माण्डवी गाउँपालिकाका सम्पूर्ण वडाहरु बाट अनलाइन घटना दर्ता सुरु भई सकेको छ । जनतालाई प्रवाह गर्ने सेवालाई सूचना प्रविधिको प्रयोगबाट छिटो छरितो, सहज र पारदर्शी बनाई सेवाको गुणस्तर वृद्धि तथा सुशासन कायम गरी विद्युतीय शासन स्थापना गर्नमा यस किसिमको कार्यले सहयोग पुग्ने देखिन्छ । सरकारका प्रत्येक निर्णय र काम कारवाहीमा जिम्मेवारी, जवाफदेहिता, पारदर्शिता, आर्थिक अनुशासन, जनसहभागिताको खोजी भइरहेको अवस्थामा यसलाई साकार पार्न सरकारी सेवामा जनताको सरल पहुँच सुनिश्चित हुनु जरुरी छ, जुन सूचना प्रविधिको प्रयोग बिना असम्भव प्राय छ । विद्युतिय शासनले सरकार र जनताको बीचमा रहेको दरार हटाउने काम गर्दछ । ग्रामीण क्षेत्रका जनताहरुसम्म सार्वजनिक सेवाको पहुँच बढाई सेवा प्रवाहलाई उपलब्धी मूलक बनाउन विद्युतीय सरकारको अवधारणालाई कार्यान्वयन गर्न अपरिहार्य भइसकेको छ ।