समाचार
माण्डवी गाउँपालिकाको आयोजनामा बालविवाह न्यूनीकरणसम्बन्धी जनचेतनामुलक सडक नाटक २०७९
माण्डवी गाउँपालिकाको आयोजनामा भाइब्रेन्ट मिडिया प्रा.लि.को प्रस्तुती रहेको बालविवाह न्यूनीकरणसम्बन्धी जनचेतनामुलक सडक नाटक २०७९ आज माघ २१ गते माण्डवी गाउँपालिका अन्तर्गत रहेको श्री अरुणा भवानिश्वरी प्रा.वि. माण्डवी -०१ कुमलटार, श्री गणेश मा.वि. माण्डवी -१ तिराम, श्री सुन्नानी आधार मा.वि माण्डवी -२, रातापानी र श्री गणेश आ.वि. माण्डवी -२, ढिकावनमा राष्ट्रिय कलाकार सुरबीर पण्डित (दारी बा) लगायतको टिमबाट प्रदर्शन गरिएको छ ।
बालविवाहको कारण बालक तथा बालिकाको शिक्षा, स्वास्थ्य र उनीहरूको जीवन तथा परिवारमा पर्न सक्ने असरको बारेमा विद्यालयका बालबालिकालाई जानकारी दिने उद्देश्यले सो सडक नाटक प्रदशनी गरिएको थियो ।
१ घण्टा १५ मिनेटको उक्त सडक नाटकमा विद्यालय जाने उमेरमा हुने प्रेम सम्बन्ध, त्यसमा परिवारको असहमति, प्रेम सम्बन्धले ति बालबालिकाको शिक्षामा परेको नकारात्मक असर र समग्रमा कलिलै उमेरमा आमा बन्दा बालिकाको स्वास्थ्यमा परेको दीर्घकालिन असर र त्यसको कारण बालिकाको मृत्यु भएको बारेमा सन्देश दिइएको थियो । साथै नाटकमा मध्यपान, धुम्रपान, सुर्तीसेवन र लाघुपदार्थ सेवनले जिबनमा पार्ने नकारात्मक असर बारेमा पनि सन्देश दिइएको थियो ।
कार्यक्रममा माण्डवी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, वडा अध्यक्ष, वडा सदस्य, विद्यालयका शिक्षक, विद्यार्थी, वि.व्य.स. पदाधिकारी, स्थानीयबासीहरु लगायत अन्य सरोकारवालाहरुको उपस्थित रहेको थियो । नाटक पुर्व निर्धारित समय अनुसार आइतबार कामाक्षी मा.वि, उदयपुरकोट (बिहान १०-११:१५), ऐश्वर्य पा.वि डाडाकटेरी(१२:१५-१:३०), माण्डवी मा.वि. नयाँगाउँ(२:३०-३;४५) र माण्डवी गाउँपालिका ३ जस्पुर बजार चोक(४:१५-५:३०) मा प्रस्तुति रहेको छ ।