समाचार
माण्डवी गाउँपालिकाको आ.व २०७५/०७६ को तेश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न |
माण्डवी गाउँपालिका प्यूठानले आर्थिक वर्ष २०७५/०७६ को तेश्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम देवीस्थान स्थित रहेको नवनिर्मित बहुद्धेशीय सभाहलको उद्घाटन गरी सोहि हलमा सम्पन्न गरेको छ | गाउँपालिका सन्चालन गरेका वर्ष भरीका योजना तथा गाउँपालिकाले प्रदान गरेका सेवा सुविधाबारे सार्वजनिक सुनुवाइ गरीएको हो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको समन्वयमा युथ मिडिया डेभलपमेण्ड सेन्टर नेपालको सहजिकरणमा गाउँपालिकाले सार्वजनिक सुनुवाइको आयोजना गरेको हो |उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश नं. ५ का सांसद माननीय श्री हरी प्रसाद रिजाल , विशेष अतिथि जिल्ला समन्वय समिति प्यूठानका प्रमुख, अतिथि प्रमुख जिल्ला अधिकारी, जिल्ला स्तरीय राजनीतिक दलका प्रमुख लगायत गाउँपालिका भित्र रहेका सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, टोल संगठन, पत्रकार, कर्मचारी, वूद्धिजिवि, व्यापारी लगायत गाउँवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
सुनुवाईमा प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले माण्डवी गाउँपालिकाले आ.व. २०७५/०७६ को तेश्रो चौमासिकको सार्वजनिक सुनुवाईका लागि तयार पारिएको आर्थिक तथा वित्तीय प्रगति, समसायिक गतिविधि, विकास निमार्ण लगायतका अन्य विषय वस्तूहरुको वारेमा तयार पारीएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो |
उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाद्वारा प्रदान गरिने सेवा प्रवाह र योजना तथा कार्यक्रम संग सम्बन्धित विभिन्न विषयहरुमा सहभागीहरुले उठाएका सबालहरु माथि अध्यक्ष श्रीधर रोका र प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजालज्यूले जवाफ दिनुभएको थियो | पालिकाले जनताको कामलाई झन्जटिलो नबनाईएको भन्दै नीति, विधि र प्रविधिको प्रयोगवाटै जनतालाई प्रभावकारी र पारदर्शी रुपले सेवा प्रदान गरिने बताउनुभयो । साथै आफूहरुबाट भए गरेका कमिकमजोरीहरु सच्याई आगामी दिनमा अझ जिम्मेवार भइ जनताको सेवामा लाग्ने सार्वजनिक प्रतिवद्धता समेत गर्नुभएको थियो | उक्त कार्यक्रममा माण्डवी गाउँपालिकाले वर्षभरि गरेका गतिविधि र कार्यक्रम
को बारेमा तयार पारेको "माण्डवी बुलेटिन" नामक पुस्तक सार्वजनिक गरिएको थियो | साथै उत्कृष्ट कार्यसम्पन्न गर्ने बहुद्धेशीय हल निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु , सिरुवारी एक घर एक धारा खानेपानी योजनाका अध्यक्ष दानबहादुर खत्री , उत्कृष्ट करदाता पूर्ण प्रसाद कालाथोकि, उत्कृष्ट विद्यालय कमाक्षि मा.वि , गा.पा अन्तर्गतका विद्यालयहरुबाट उत्कृष्ट अंक ल्याउन गणेश मा.वि तिरामका छात्र सन्तोष थापा , कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल माण्डवी मा.वि , प्रदेश स्तरीय खेलकुद कार्यक्रममा द्वितीय स्थान हासिल गर्न सफल माण्डवी मा.वि विद्यालय लगायतलाइ प्रशंसा पत्र तथा प्रमाण पत्र सहित सम्मान गरिएको थियो