समाचार
माण्डवी गाउँपालिकाको आ.व. २०७९/०८० को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम
माण्डवी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष ०७९/०८० को प्रथम चौमासिक सम्म सम्पादन गरेको कामको प्रगति, त्यसको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।
गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पारदर्शिता सुनिश्चित गर्नका लागि गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्दै आइरहेको छ ।
माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी ज्यूको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, गाउँपालिका स्थित रहेका सरकारी कार्यालय, वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, जनप्रतिनिधी तथा सरोकारवालाका साथै स्थानीयको उपस्थिती रहेको थियो ।
माण्डवी गाउँपालिकाको आयोजनामा तथा नेपाल पत्रकार महासंघ प्यूठान शाखाको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजिकरण पत्रकार प्रज्ज्वल पहाडी के. सीले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिकाको उत्कृष्ट लोगों डिजाइन गर्ने श्री मंगल चौधरीलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो l
सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए ।