समाचार
माण्डवी गाउँपालिकाको स्वास्थ्य नीति २०८० को मस्यौदा माथि राय सुझाब संकलन सम्बन्धमा
माण्डवी गाउँपालिकाको स्वास्थ्य नीति २०८० को मस्यौदा तयार भई सकेको अवस्थामा यसलाई अन्तिम रुप दिनुपर्ने भएकोले सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, शिक्षक्, पत्रकार, नागरिक समाज, संघसंस्था, बुद्धिजीवी , समाजसेवी, अन्य सरोकारवालाहरु लगायत सम्पूर्ण माण्डवी बासीहरुमा स्वास्थ्य नीति २०८० को मस्यौदालाई अध्ययन गरि यहाँहरुको अमुल्य राय सुझाब माण्डवी गाउँपालिकाको कार्यालयमा स्वयम् उपस्थित भई वा पत्र, इमेल, मेसेन्जर लगायत अन्य माध्यमबाट पेश गर्नुहुन हार्दिक अनुरोध गर्दछौ ।