FAQs Complain Problems

माण्डवी गाउँपालिका, कृषि शाखा प्युठानको कृषि मेसिनरी तथा औजार वितरण कार्यक्रम अन्तर्गत कृषि समुहलाई पावर ट्रेलर मेसिन वितरण कार्यक्रम

माण्डवी गाउँपालिका, कृषि शाखा प्युठानले कृषि मेसिनरी तथा औजार वितरण कार्यक्रम अन्तर्गत कृषि समुहलाई पावर ट्रेलर मेसिन वितरण कार्यक्रम सम्पन्न गरेको छ | माण्डवी गाउँपालिकको अध्यक्ष श्रीधर रोका र प्रमुख प्रशासकीय अधिकृत नारायण पौडेलले संयुक्त रुपमा सो मेसिन कृषकहरु लाई हस्तान्तरण गर्नु भएको हो | कृषिको ठूलो सम्भावना रहेको प्युठानमा यान्त्रीकरणको प्रयोग बढ्दै गएको छ | कम लागत तथा जनशक्तिको प्रयोगबाट थोरै समयमा धेरै उत्पादन लिन सकिने भएपछि किसानहरू यान्त्रीकरणतर्फ आकर्षित भएका हुन् | किसानहरूको यान्त्रीकरणमा आकर्षण बढेसँगै गाउँपालिकाले कृषकलाई यान्त्रीकरण सम्बन्धी अनुदान कार्यक्रमहरु संचालनमा ल्याइरहेको छ| पछिल्लो समय कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव तथा जिल्लामा भित्रिएका नयाँ–नयाँ प्रविधिको प्रयोगले कृषिमा कम लगानीबाट बढी उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले नेपाल सरकारले सो कार्यक्रम सञ्चालनमा ल्याएको हो | यो पावर ट्रेलर मेसिन ५०% अनुदानमा कृषकहरुलाई वितरण गरिएको हो |

आर्थिक वर्ष: