समाचार
माण्डवी गाउँपालिका गाउँसभाको १६ औं बजेट अधिवेशनमा आ.व २०८१-०८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट बक्तव्य प्रस्तुति कार्यक्रम
माण्डवी गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८१-०८२ का लागि कूल रकम ४२ करोड ४५ लाख ६ हजार रुपैयाँ विनियोजन भएको छ । जस मध्ये संघीय सरकारबाट वित्तीय समानीकरणमा रु. ७ करोड ५८ लाख, सशर्त अनुदान चालु तर्फ रु. १५ करोड ९१ लाख ०६ हजार तथा शसर्त अनुदान पुँजीगत तर्फ रु १ करोड ७० लाख प्राप्त हुन आएको छ । संघीय सरकारको राजश्व बाँडफाँडबाट रु. ७ करोड ८४ लाख प्राप्त भएको छ । संघीय सरकारबाट विशेष अनुदान तर्फ रु ३ करोड तथा समपुरक अनुदान तर्फ रु ७५ लाख प्राप्त भएको छ । प्रदेश सरकारबाट वित्तीय समानीकरणमा रु.४७ लाख १५ हजार तथा सशर्त अनुदान पुँजिगत तर्फ रु. ७९ लाख, समपुरक अनुदानतर्फ ७० लाख प्राप्त भएको छ । प्रदेश सरकारको राजश्व बाँडफाँडबाट रु. ३७ लाख ७७ हजार प्राप्त हुन आएको छ । माण्डवी गाउँपालिकाको आन्तरिक आयतर्फ आ.व. २०८१/०८२ मा रु १ करोड १३ लाख उठ्ने अनुमान गरिएको छ । यस आ.व.को अनुमानित अल्या. रकम रु २ करोड समतेलाई यो बजेटमा समावेश भएको छ । जसमा चालु खर्च २९ करोड ५८ लाख ७४ हजार र पुँजीगत खर्च १२ करोड ८६ लाख ३२ हजार रहेको छ ।